यी १० भोजपुरी नायिका, जसको सुन्दरता देखेर बलिउड नायिका नै चकित ! - KTV Khabar

Breaking

यी १० भोजपुरी नायिका, जसको सुन्दरता देखेर बलिउड नायिका नै चकित !

;

एजेन्सी । स्टारडमको मामलामा बलिउड भलै भोजपुरी सिनेमा भन्दा अघि छ । फ्यानफलोइङको मामलामा बलिउड स्टार अघि छन् । तर, अहिले भोजपुरपुरी फिल्मको पनि एक ठूलो दर्शक वर्ग तयार भइसकेको छ ।

त्यसको कारण भोजपुर फिल्मका नायिका पनि हुन् । जसले आफ्नो सुन्दरता र अभिनयबाट दर्शकलाई मन्त्रमुग्ध बनाएका छन् । भोजपुरी फिल्मका यी नायिकाले मिडियामा धेरै स्थान पाउँदैनन् । यी १० भोजपुरी नायिकाको सुन्दरताले बलिउडका नायिका समे छक्क पर्ने गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

१. अन्जना सिंह
अन्जना सिंह भोजपुरी फिल्ममा हट केक मानिन्छिन् । रविक किशनसँग यीनको जोडी खुब जम्छ । भर्खरै उनी आगामि फिल्म ‘सनकी दरोगा’को मुर्हतमा देखिएकी छन् । यो फिल्ममा रवि र उनको मुख्य भूमिका रहने छ । यो फिल्म समेत गरेर अन्जना रविसँग चौथो पटक
देखिनेछिन् ।

२. आम्रपाली दुबे
गोरखपुरकी आम्रपाली भोजपुरी फिल्मकी चलेकी नायिका हुन् । उनले आफ्नो करियर टिभी कलाकारकारुपमा सुरु गरेकी हुन् । उनको पहिलो भोजपुरी फिल्म ‘निरहुआ हिन्दुस्तानी’ थियो । जसमा उनी दिनेशलाल यादव ‘नरहुआ’सँग देखिएकी थिइन् । निरहुआ र उनको जोडी दर्शकले मन पराउने गरेका छन् । दुवैले अहिलेसम्म केही हिट फिल्म दिइसकेका छन् ।

३. मोनालिसा (अन्तरा विश्वास)
अन्तरा विश्वासलाई मोनालिसाको नामले समेत चिन्ने गरिन्छ । मोनालिसाले बंगालमा बढेकी हुन् । तर, उनले भोजपुरी फिल्ममा करियर बनाइन । ‘भोले शंकर’ बाट उनले भोजपुरी फिल्ममा डेब्यू गरेकी हुन् । यो फिल्ममा मिथुन चक्रवर्ती र मनोज तिवारीको समेत अभिनय थियो । उनले हिन्दी, तामिल, तेलुगु, बंगाली र बंग्लादेशी फिल्ममा समेत काम गरेकी छन् ।

४. रानी चटर्जी
रानी चटर्जी भोजपुरी फिल्मकी सबैभन्दा सफल हिरोइनको सूचीमा पर्छिन् । उनले मनोज तिवारीको अपोजित रोलमा फिल्म ‘ससुरा बडा पइसावाला’ बाट डेव्यू गरेकी हुन् । फिल्म हिट भयो र अवार्ड समेत जितिन् । २०१३ मा आयोजित छैटौं भोजपुरी अवार्डमा फिल्म ‘नागिन’बाट उनले वेस्ट एक्ट्रेसको अवार्ड जितिन् । उनका थुप्रै चलचित्र हिट छन् ।

५. अक्षरा सिंह
भोजपुरी फिल्मकी अर्की चर्चित नायिका हुन् अक्षरा सिंह । उनको पहिलो फिल्म ‘प्राण जाय पर वचन न जाय’ हो । उनले केही टिभी शो समेत होस्ट गरिसकेकी छन् । उनले केही हिट फिल्म दिइसकेकी छन् ।

६. काजल राघवानी
काजल राघवानी भोजपुरी फिल्मकी फिल्मी चलेकी नायिका हुन् । २०११ मा आएको फिल्म ‘ट्रक ड्राइभर’बाट डेब्यू गरेकी थिइन् । उनले भोजपुरी फिल्ममा दिग्गज मनोज तिवारी, खेसारी लाल यादवल पवन कुमार आदीसँग काम गरिसकेकी छन् ।

७. प्रियंका पण्डित
प्रियंकाले २०१३ मा आएको फिल्म ‘जिना तेरी गली में’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी हुन् । त्यही बर्ष उनले भोजपुरको न्यू कम एक्ट्रेसको अवार्ड समेत जितिन् । उनले पनि भोजपुरीमा केही हिट फिल्म दिएकी छन् ।

८. पाखी हेगडे
उनले भोजपुरीसँग मराठी फिल्ममा समेत अभिनय गरेकी छन् । केही टिभी सिरियलमा समेत उनले काम गरिसकेकी छन् । उनलाई भोजपुरीमा फिल्म ‘गंगा देवी’ बाट ब्रेक मिलेको हो । यो फिल्ममा बलिउडका महानायक अमिताभ बच्चन समेत देखिएका थिए ।

९. रिंकु घोष
रिंकु घोषले टिभी सिरियलबाट अभिनय सुरु गरेकी हुन् । पछि उनी भोजपुरी फिल्मी स्टार बनिन् । उनले हिन्दी फिल्म ‘हिम्मतवाला’ मा आइटम डान्स समेत गरेकी छन् ।

१०. गुन्जन पन्त
उनी भोजपुरकी फिल्मी चलेकी नायिका हुन् । उनी आकर्षक फिगर, चार्मिङ पर्सनालिटी भएकी हिरोइन हुन् । उनी अधिकांश फिल्म हिट छन् ।

No comments:

Post a Comment