‘किस’ गरेको आरोपमा घरबाटै एक जोडी पक्राउ - KTV Khabar

Breaking

‘किस’ गरेको आरोपमा घरबाटै एक जोडी पक्राउ

;

काठमाडौं । माया प्रेममा चुम्बन गर्नु सामान्य कुरा हो । माया प्रेम साटासाट गर्न चुम्बन तथा यौनसम्पर्क गर्ने चलन उहिले देखिको हो । तर यहाँ चुम्बन गरेको आरोपमा एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।

अफ्रिकी राष्ट्र मोरक्कोमा आफ्नी प्रेमिकालाई चुम्बन गरेर फोटो फेसबुकमा राखेको भन्दै रबात इलाकाका एक किशोर युवती र युवकलाई मोरक्को प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुबै जनालाई उत्तरपूर्वी नादोर सहरबाट एक अर्काबीच चुम्बन गरेको तस्वीर फेसबुकमा सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेर यौनजन्य क्रियाकलापलाई बढावा दिन खोजेको भन्दै प्रहरीले शनिवार गिरफ्तार गरेको हो ।

यो तस्वीर उनीहरु पढ्ने विद्यालय बाहिरको हो । यो घटनापछि चुम्बन गर्ने किशोरलाई प्रहरीले हिरासतमा राखेको छ । एजेन्सी

No comments:

Post a Comment