दशैँ,तिहार को अवसर मा कतार मा रहने नेपाली को लागि खुसि को खबर - KTV Khabar

Breaking

दशैँ,तिहार को अवसर मा कतार मा रहने नेपाली को लागि खुसि को खबर

;

दोहा (कतार)– कतार एयरवेजले सेप्टेम्बर १ देखि आफ्नो दोहा–काठमाडौंको उडान संख्या थप गर्ने भएको छ ।
सेप्टेम्बर तथा ओक्टोबर महिनामा पर्ने चाडपर्वका कारण बढ्ने उडान संख्या मागलाई सम्बोधन गरी यात्रुलाई सहजताको अनुभव दिन यसो गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । थप हुने उडान संख्याका लागि कम्पनीले एयरबस ए ३२० को ब्यवस्था गरेको जनाएको छ । सेप्टेम्बर १ देखि दोहाबाट १ः२५ मा उडेर उक्त विमान काठमाडौंमा ८ः५५ मा अवतरण गर्ने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

‘चाडपर्वका लागि नेपाल फर्कन चाहने नेपाली तथा अन्य यात्रुमार्फत बर्षेनी हामीलाई बढ्दो संख्यामा माग हुँदै आइरहेको छ । मागको समाधान स्वरुप उडान संख्या थप गरी यात्रुलाई सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ’, कतार एयरवेज ग्रप चिफ एक्जेक्यूटिव महामहिम अकबर अल बाकरले भने ‘थप गरिएको उडानले हाम्रा यात्रुलाई नेपाल भ्रमण तथा अनुभवका लागि थप अवसर प्रदान गर्ने हामीले विश्वास लिएका छौँ ।’

 

सेप्टेम्बर १ देखि थप गरिने उडानका साथमा कतार एयरवेजले दोहा र काठमाडौंको दैनिक चार उडान भर्ने कम्पनीले जानकारी दिएको छ । यसले यात्रुलाई आफ्नो आवश्यकता अनुसार उडान तालिका छनोटको अवसर समेत प्राप्त हुने कम्पनीको दावी छ । थप उडान सेवा प्रदान गर्न सञ्चालनमा ल्याइने एयरबस ए ३२० मा १२ विजनेश क्लास सिट र १ सय ३२ ओटा ईकोनोमी क्लासका सिटहरु रहेका छन् ।
कतार एयरवेजले भर्खरै श्रीलंका र बंगलादेशमा रहेको बढ्दो मागको सम्बोधनका लागि कोलम्बो र ढाकाका लागि समेत उडान संख्या थप गरेको थियो ।

 

थप गरिएका उडान तालिका :

क्यूआर ६४८ दोहा (डीओएच)बाट काठमाडौं (केटीएम) छुट्ने ०१ः२५ अवतरण: ०८ः२५
क्यूआर६४९ काठमाडौं (केटीएम)बाट दोहा (डीओएच) छुट्ने ०९ः५५ अवतरण: १२ः१०

source : dainik sanjal

No comments:

Post a Comment