ऋषि कपुरलाई कुट्न संजय दत्त घरमा नै पुगेपछि… - KTV Khabar

Breaking

ऋषि कपुरलाई कुट्न संजय दत्त घरमा नै पुगेपछि…

;

एजेन्सी । रनवीर कपुर यतिखेर संजय दत्तको बायोपिकमा बन्न लागेको फिल्मको सुटिङमा व्यस्त रहेका छन् । तर, संजय दत्तको भने ऋषि कपुरसँग झगडा परेको थियो । ऋषि कपुरले आफ्नो अटोबायोग्राफी खुल्लम खुल्लामा केही यस्ता राजहरु खालेका थिए ।

 

गुल्सन ग्रोभर जो बलिउडका चर्चित अभिनेता मानिन्छन् उनले यो रहस्य खोलेका हुन् । उनले भनेका छन्,‘संजय दत्त ऋषि कपुरलाई पिट्न घरमा नै पुगेका थिए । शंकास्पद लव अफयेरका कारण संजय दत्त ऋषि कपुरलाई पिट्न गएके थियो । यो सत्य हो, संजय दत्तको मुनिम (अम्बानी)सँग अफेयर चलेको थियो । त्यस समय ऋषि कपुर अविवाहित थिए । उनको पनि मुनिमसँग अफेयर चलेको हल्ला थियो । संजय र म दाजुभाइ जस्तै थियौ । उसले मलाई एक दिन उक्त कुरा खुलस्त भन्यो ।’

 

‘हल्लाका कारण पनि संजयको रिस थामिएको थिएन’ गुल्सनले भने । उनले थप्दै भने,‘ ऋषि कपुरलाई कुट्न हामी उसकै घरमा पुग्यौ । तर, ऋषिकी प्रेमिका नितुले हामीलाई धेरै बेरसम्म सम्झाएपछि हामी फर्किएका थियौ ।’

 

तर,तब सबै आश्चर्यमा परे जब संजय दत्त र ऋषि कपुरले सन् २०१२ मा आएको फिल्म अग्नीपथमा स्क्रिन सेयर गरे ।

No comments:

Post a Comment