अभिनेता राजवल्लभ कोइरालाले गरे इन्गेजमेन्ट, को हुन युवती ? - KTV Khabar

Breaking

अभिनेता राजवल्लभ कोइरालाले गरे इन्गेजमेन्ट, को हुन युवती ?

;

काठमाडौँ । लामो समयदेखि अमेरिकामा बस्दै आएका अभिनेता राजवल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । आइतबार उनले अमेरिकामै बस्दै आएकी प्रतिमा बिमलीसँग औपचारिक रुपमा इन्गेजमेन्ट गरेका हुन्। उक्त समारोहमा दुबै पक्षका आफन्तको उपस्थिती रहेको थियो।

उनीहरु लामो समयदेखि प्रेममा रहेको भनिएपछि दुबै जनाले यस बारेमा केही प्रतिक्रिया दिएका छैनन्। तर उनका साथीले तस्वीरसहित राजवल्लभ र प्रतिमालाई शुभकामना दिइरहेका छन्। उनले भने यो कुरालाई किन बाहिर ल्याउन नचाहेका हुन त्यो भने खुल्न सकेको छैन्।

‘पर्खी बसे’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका कोइरालाले विभिन्न चलचित्रमा अभिनय गरिसकेका छन्। ‘हाइवे टु घम्पुस’ को छायाँकनको क्रममा अमेरिका पुगेका उनी उतै बस्न थालेका हुन्।तस्वीर: सुरेश दर्पण पोख्रेलको फेसबुकबाट

No comments:

Post a Comment