‘ऐश्वर्य’सँगै आउँने भो रोजको ‘मेरो पैसा खोइ’ - KTV Khabar

Breaking

‘ऐश्वर्य’सँगै आउँने भो रोजको ‘मेरो पैसा खोइ’

;

काठमाडौं – एकल प्रदर्शनको मौका छोप्दै २ कात्तिकबाट एकसात पछि सरेको चलचित्र ‘ऐश्वर्य’ले एकल प्रदर्शनको अवसर भने नपाउने भएको छ । कात्र्तिक ९ मै चलचित्र ‘मेरो पैसा खोइ’ आउँने भएपछि ‘ऐश्वर्य’ले यो मितिमा एकल प्रदर्शनको अवसर नपाउँने भएको हो ।

९ कात्र्तिकमा निर्माता तथा निर्देशक रोज राणाले चलचित्र ‘मेरो पैसा खोइ’ ल्याउने तयारी गरिरहेको बुझिएको छ । छठपर्वलाई लक्षित गर्दै रोजले ‘मेरो पैसा खोइ’ ल्याउन लागेका हुन् ।

चलचित्र ‘मेरो पैसा खोइ’मा सौगात मल्ल, बर्षा राउत, छुल्ठिम गुरुङ, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतको मुख्य भुमिका रहेको छ ।

चन्द्र पन्तको द्धन्द्ध रहेको ‘मेरो पैसा खोइ’लाई एक्सन र कमेडिले भरिएको चलचित्र हो । रातोपाटीको सहयोगमा

No comments:

Post a Comment