काठमाडौँ । प्रेममा धोका पाएको सुसाइट नोटमा उल्लेख गर्दै काठमाडौँमा एक युवतीले आत्महत्या गरेकी छिन् ।
खुशीबु–१७ नयाँबजारस्थित नयाँ प्राइम कलेज नजिक घरमा डेरा गरी बस्ने युवतीले आत्महत्या गरेकी हुन् ।
तेह्रथुम सदरमुकाम स्थायी घर भएकी अन्दाजी २७–२८ बर्षकी प्रमिला दाहालले आफ्नै कोठामा पासो लगएर आत्महत्या गरेको सोख्रखुट्टे प्रहरीले जनएको छ ।
दुई दिनसम्म ढोका नखोलेपछि छिमेकीले झ्यालबाट चिहाएर हेर्दा उनि पासो लगाएको अवस्थामा भेटिएकी थिइन् ।
उनको कोठामा सुसाइड नोट पनि भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त नोटमा एक युवकले प्रेम गरेर धोका दिएको व्यहोरा उल्लेख छ ।
शवलाई पोस्टमार्टमको लागि लागिएको छ ।
घटनाबारे थप अनुसन्धान र उनले नोटमा उल्लेख गरेको युबकको खोजी जारी रहेको प्रहरिले जनाएको छ ।
यसअघि छेत्रपाटी बस्दै आएकी उनी भदौ १ गते मात्र नयाँबजार कोठा सरेको घरधनीले जानकारी दिएका छन् ।
No comments:
Post a Comment