जान्नुहोस् बलात्कारी बाबाकी प्यारी छोरी हनीप्रीतका ११ खास कुराहरू… - KTV Khabar

Breaking

जान्नुहोस् बलात्कारी बाबाकी प्यारी छोरी हनीप्रीतका ११ खास कुराहरू…

;

चण्डीगढ। बलात्कारी बाबाकी छोरी भनिएकी हनीप्रीत उनको यतिसम्म नजिक थिइन् कि उनी हरेक समय छायाजस्तै बाबाको नजिकै रहन्थिन् । उनलाई प्रियंका तनेजाबाट हनीप्रीत बनाउन बाबाकै योगदान छ । हनीप्रीतको सम्बन्ध विच्छेद भएपछि बाबाले उनलाई छोरी बनाएका थिए ।

१. हनीप्रीतको परिवार पनि डेराको शाही परिवारमध्येको १ हो । उनका पिता डेरामा बीउ उत्पादन गर्ने कारखाना चलाउँछन् ।
२. हनीप्रीतका हजुरबुवा डेरा अनुयायी थिए । उनीसँग डेरामा जाँदा हनीप्रीत बाबाको नजरमा परेकी थिइन् ।
३. हनीप्रीतको परिवारमा अचानक ठूलो मोड आयो जब उनका हजुरबुवा डेराका क्यासियर बने ।

४. हनीप्रीतका दाजु पनि डेरामै काम गर्छन् । उनले डेराको काममा पितालाई सघाउने गरेका छन् ।
५. हनीप्रीतको वास्तविक नाम प्रियंका तनेजा थियो । उनलाई अनु भनेर बोलाइन्थ्यो । बाबाले उनलाई हनीप्रीत नाम दिएका हुन् ।
६. हनीप्रीत्को परिवार पंजाबको फतेहाबादको हो । उनका पिताको हरियाणामा किसान नामको शोरुम थियो ।

७. हनीप्रीत सोसल मिडियामा पनि निकै सक्रिय छिन् । फेसबुकमा उनका ५ लाख फलोअर छन् ।
८. हनीप्रितले बाबाका फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले केही फिल् निर्देशन पनि गरेकी छिन् ।
९. हनीप्रीत र विश्वासको बिहे राम रहीमले नै १९९८ मा गरिदिएका हुन् । तर उनीहरु कहिल्यै नजिक हुन सकेनन् । २००७ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

१०. हनीप्रीतका पति विश्वासले बाबा र हनीप्रीतबीच नाजायज सम्बन्ध रहेको आरोप लगाएका छन् ।
११. हनीप्रीतका पति विश्वासलाई बाबाले डेरामा सेक्युरिटी इन्चार्ज बनाएर राखेका थिए । (डिसी नेपाल)

No comments:

Post a Comment