सालाकी श्रीमतीलाई देखेर भिनाजू फिदा भएपछि… - KTV Khabar

Breaking

सालाकी श्रीमतीलाई देखेर भिनाजू फिदा भएपछि…

;

चलनचल्ती अनुसार सालाको श्रीमतीलाई बहिनी मान्ने गरिन्छ ।तर, राधा स्वामी सत्संग भवन नजिकै बस्दै आएका एक प्रवासीले अफ्नी पत्नी र बच्चालाई छाडेर आफ्नै सालाकी पत्नीसँग विवाह गरेका छन् । यसका लागि उनले आफ्नी पत्नीसँग सम्बन्ध विच्छेद गर्न जरुरी ठानेनन् । उल्टै मानसिक पीडा दिएर पागल बनाए ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको खबर अनुसार बिहारको हथोरी जिल्ला मुज्जफरपुरका एक व्यक्तिले आफ्नै १३ वर्षीय छोरा १० तथा ११ वर्षीय २ छोरीसहित श्रीमतीसँग सम्बन्ध विच्छेद नगरेरै श्रीमतीलाई पागल बनाएर सालालाई मदिराको नशामा डुबाएर सालाकै पत्नीसँग विवाह गरेका हुन् ।

पीड़ित महिला संगीताले बताएअनुसार उनका आमाबुबा छैनन् । उनी एक अनाथ हुन् । त्यसैको फाइदा उठाएर श्रीमानले चलाखी गरेर उनलाई जीवनलाई नर्कको बाटो लगाईदिएका छन् । उनी नर्कको जीवन जिउन बाध्य छिन् ।

एकै घरमा बस्दै आएकी संगीताको परिवार र उनको भाईकी श्रीमती पायल जो अब उनकी सौता हुन, उनलाई दिनरात घोचपेच गालि गर्न थालेका छन् । उनीहरुले संगीतालाई कोठामा बन्धक बनाएर कुटपिट समेत गर्दै आएका थिए ।

यो घटना प्रहरीसम्म पुगेपछि उजुरी दर्ता भएको छ । पीडित संगीताका श्रीमान सञ्जय चौधरीले उनको मानसिक सन्तुलन ठिक नभएकाले दोस्रो विवाह गरेको दाबी गरेका छन् । सालाका श्रीमती पायलले पनि प्रहरी बयानमा श्रीमानले आफूलाई समय नदिएको नशा पिएर जिन्दगी बर्बाद पार्न खोजेकाले सञ्जयसँग विवाह गरेको बताएकी छिन् ।

विवाह गरिसकेपनि यो मुद्दा कानुनी झन्झटमा अल्झिएको छ । कानुन अनुसार पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोस्रो श्रीमतीसँग विवाह गर्न पाईदैन् । सञ्जय र पायलले सम्बन्ध विच्छेद नै नगरी विवाह गरेकाले उनीहरुलाई जेल सजायँ हुन सक्ने प्रहरीले जनाएको छ ।

सञ्जय आफ्नी जेठी श्रीमतीलाई पागल भनेर पागलखाना पठाउन समेत प्रयास गरेका थिए । तर त्यहाँका डाक्टरले राख्न अनुमती नदिएपछि अहिले घरमै बन्धक बनाएर राखेका छन् । यो घटनामा प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको छ । एजेन्सी

No comments:

Post a Comment