सुर्खेत, भदौ २१ – सांसद राजीवबिक्रम शाहले व्यक्तिगत लगानीमा जाजरकोटको दुर्गम गाउँमा २५ शैयाको अस्पताल बन्ने भएको छ ।
कुमारी ट्रस्टमार्फत ५ करोड रुपैयाँको लगानीमा छेडागाड
नगरपालिका—५ थलबजारमा अस्पताल बन्न लागेको हो ।जाजरकोटको पश्चिम क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा दिने उदेश्यले थलबजारमा अस्पताल बनाउन लागिएको सांसद शाहले बताउनु भयो ।

जाजरकोट क्षेत्र न २ वाट निर्वाचित सांसद शाहले कमजोर आर्थिक अवस्था भएका यस क्षेत्रका बासिन्दालाई गाउँघरमै सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिने उदेश्यले व्यक्तिगत लगानीमा अस्पताल बनाउन थाल्नुभएको हो ।
आउँदो मंसिर महिनाभित्र सक्ने गरी भवन निर्माणको काम सुरु गरिएको निर्माणको जिम्मा लिएको पञ्चकन्या गुप्रले जनाएको छ ।
अहिले अस्पतालको फाउण्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको अस्पतालको डिजाईनर एचबी अर्किटेक्ट कम्पनीका आर्किटेक्ट राजीव अवालले बताउनु भयो ।
२५ शैय्याको अस्पताल भवनका साथै डाक्टर र कर्मचारीको लागि आवास, प्रशासनिक भवन, सोलार र जेनेटर राख्ने भवन पनि बन्ने भएको छ । प्रस्तुति : प्रकाश पन्त/उज्यालो ।
No comments:
Post a Comment