हेल्थ टिप्स: यौन उत्तेजना बढाउन यो औषधी प्रयोग गर्नुहोस् ! - KTV Khabar

Breaking

हेल्थ टिप्स: यौन उत्तेजना बढाउन यो औषधी प्रयोग गर्नुहोस् !

;

काठमाडौं । यौनसम्पर्क गर्ने बेला उत्तेजना आउदैन् । चिन्ता नलिनुस् । अब नयाँ औषधी बनेको छ । अमेरिकाको एक औषधी कम्पनीले महिलालाई उत्तेजनामा ल्याउन औषधी बनाएको छ ।

औषधीलाई बजारमा ल्याउन पहिलेदेखि कम्पनीले यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनमा अप्रूवलका लागि आवेदन दिएको थियो । आवेदन स्वीकृत भएपछि कम्पनीले यस्तो औषधी बजारमा ल्याएको हो । यो औषधीले सेक्स गर्ने इच्छा कम हुने महिलालाई, यो औषधीको ट्याब्लेट खाएपछि सेक्सको सन्तुष्टि लिन सक्नेछन् ।

महिलासंगै पुरुषका लागि पनि यो औषध्री उपयोगी हुनेछ । श्रीमतीले यौनसम्पर्क गर्न नचाहेको अवस्था यो औषधी खुवाए सेक्सबाट चाहेजति सन्तुष्टि प्राप्त गर्न सक्नेछन् ।

ट्याब्लेटबाट महिलाहरु आफ्नो सेक्स चाहाना बढाउन सक्छिन् । फर्मास्युटिकल्सका सीईओले यो औषधीले ती महिलालाई सहयोग गर्छ जुन महिलाको हाईपोएक्टिव सेक्सुअल ड्राइव डिसऑर्डर (एचएसडीडी)बाट हैरान छन् ।

यो औषधीको नाम फिल्बन सिरिन (flibanserin) हो । यो औषधीलाई करिब ११ हजार महिलामा परिक्षण गरिएको थियो । जसको नतीजा सफल आयो ।

अध्ययन अनुसार विश्वभरी १० देखि २० प्रतिशत महिला हाईपोएक्टिव सेक्सुअल ड्राइव डिसऑर्डर (एचएसडीडी)बाट हैरान छन् । यदी यो औषधी खानुभयो भने तपाईलाई पूर्ण सन्तुष्टि मिल्नेछ ।

सावधान! अनावस्यक यौनशक्ति बर्धक औसधिले तपाइको यौन जीवन खत्तम होला

यौनशक्तिवर्द्धक तेल तथा उपकरणहरूको विज्ञापन अखबारहरूमा बग्रेल्ती पढ्न पाइन्छ । विभिन्न हेल्थ सेन्टरहरूको होर्डिङबोर्डमा पनि यस्ता सन्देश पढ्न पाइन्छ । यस्ता औषधि तथा उपकरण के साँच्चिकै प्रभावकारी हुन्छन् पभोक्ताहरू यसका प्रभावबारे कतिको जानकार छन् देवबहादुर कुँवरको खोजी ।

स्तन – सानो ठूलो टाइट पारी गोलाइ मिलाउन ।

शीघ्र स्खलन, यौन पावर तथा लिङ्गको साइज बढाउन व्यायाम उपकरण ।

१०० प्रतिशत लिङ्गको लम्बाइ, मोटाइ, उत्तेजना बढाउन, शीघ्र पतन हटाउन ।

लिङ्गको लम्बाइ, मोटाइ, उत्तेजना बढाउन, शीघ्रपतन हटाउन मलेसिया सरकारबाट मान्यता प्राप्त ।

अखबारहरूमा दिनहुँ जसो छापिने गरेका यी यस्ता विज्ञापन हुन्, जसले यौन जीवनमा असन्तुष्ट रहेका वा सन्तुष्टि नपाएको भ्रममा रहेको पुरुष होस् वा महिलालाई आकषिर्त गर्ने गर्दछ । यति मात्र होइन, उत्सुकताकै कारण प्रयोग गर्ने युवकयुवतीको सङ्ख्या पनि बढ्दो छ ।

अखबारहरूमा मात्र होइन, विभिन्न हेल्थ सेन्टरका होर्डिङ बोर्डमा पनि यस्ता सन्देश पढ्न पाइन्छ । जस्तो, खिचापोखरीस्थित एउटा सेक्सोलोजी सेन्टरको होर्डिङ बोर्डमा लेखिएको छ- स्तन तथा लिङ्गको आकार परिवर्तन गर्ने र कडा बनाउने, यौन दुर्बलता तथा शीघ्र पतन हुनबाट जोगाउने लगायत सबैखाले यौन समस्याहरूको उपचार अब एकै ठाउँमा ।

औषधि थरीथरीका
उपत्यकामा यौन शक्ति प्रबर्द्धक भनेर थरीथरीका औषधि बिक्री हुने गरेका छन् । औषधि व्यवस्था विभागका अनुसार, अवैध रूपमा भित्र्याइएका यस्ता कतिपय औषधि एक हजारदेखि १० हजार रुपियाँसम्ममा बिक्री हुने गरेका छन् ।

विभागबाट स्वीकृति प्राप्त औषधि भने बजारमा तीन सयदेखि पाँच हजार रुपियाँसम्ममा बिक्री हुने गरेका छन् । यस्ता मान्यता प्राप्त औषधिमा एमेग्रा, आर्याग्रा, कोभर्टा, मेडिग्रा, नेग्रा, पेनज्वे, पिइग्रा, सिलाग्रा, सिल्डाफिल, एक्सट्रा र एक्ससाइट रहेका छन् ।

औषधि व्यवस्था विभागले केही समयअघि गरेको अनुगमनबाट नेपालका बजारमा अवैध यौनवर्द्धक औषधिमा पेनग्रा, भिस्टाग्रा, डा. एक्स, भिगोरा, जेनेग्रा र भायग्रा फेला पारेको थियो ।

भियाग्राकै रूपमा प्रयोग हुने आयुर्वेदिक औषधि पौरुष जीवनसमेत फेला पारेको थियो । शीघ्र पतन हुनबाट रोक्ने, लामो समयसम्म यौनसम्पर्क राख्न सक्ने तुल्याउने हर्बल लिभित्रा, हर्मोटिक्स, स्पेसल मेलकप, म्याक्सम्यान क्याप्सुल लगायतका औषधिबारे भने विभागले अनभिज्ञता जनाएको छ ।

स्तन तथा लि्ङगको आकार प्रकार बढाउने र कडा पार्ने पेनिस तथा प्रेसर पम्प, डिमतेल, महिलाको यौनाङ्ग कडा बनाउने भिग हर्वेग्स, सुडो लुस्तान लगायतका औषधि उपकरणका सम्बन्धमा विभागले केहीलाई स्वीकृति दिए पनि केहीको सम्बन्धमा छानबिन गर्ने भएको छ ।

जानकार व्यक्तिहरूका अनुुसार, काठमाडौंका बजारमा मात्रै तीन दर्जनभन्दा बढी प्रकारका औषधि किन्न पाइन्छ । यौनवर्द्धक मात्र होइन, स्तन बढाउने वा झोलिएकोलाई कडा पार्ने नाममा विभिन्न प्रकारका जेल, क्रिम, उपकरण आदि पनि बजारमा पाइन्छन् ।

यस्ता बस्तुहरू खरिद गर्न पुरुषहरू बिक्री केन्द्रमै पुग्छन् भने महिलाहरूले फोनबाट औषधि मगाउने गर्दछन् । राजधानीमा मात्र करिब डेढ सय वटा पसल तथा टीभी सप केन्द्रबाट यस्ता औषधि तथा यौनजन्य सामग्री बिक्री हुने गरेका छन्् ।

नेपालमै बन्छ औषधि
यौन उत्तेजक औषधिहरूले नेपाली बजार पिटेपछि तथा अवैध औषधि भित्रिन थालेपछि नेपालमै पनि त्यस्ता औषधि बन्न थालेका छन् । औषधि व्यवस्था विभागको अनुमतिमा एलाइभ फर्मास्युटिकल्सले एक्साइट र आएमेडिकोले आर्याग्रा र मेडिग्रा उत्पादन गरिरहेका छन् ।

परामर्शविना बिक्री वितरण
यौनवर्द्धक औषधिका नाममा थाइल्यान्ड, जापान, जर्मनी, दक्षिण कोरिया, चीन लगायतका विभिन्न देशबाट अवैध रूपमा भित्र्याइएका ‘औषधि’हरू चिकित्सकको सिफारिसविना नै प्रयोग गर्ने गरिएको पाइन्छ । राजधानीका धेरैजसो औषधि उपचार केन्द्रले आफूखुसी त्यस्ता ‘औषधि’ बिक्री वितरण गर्ने गरेका छन् ।

चाबहिलस्थित ग्लोबल फिटनेस सप, नेसनल हर्बल प्रालि, हर्बल सप नेपाल, टीभी सप पुतलीसडकलगायतका दर्जनौं उपचार केन्द्रले औषधि व्यवस्था विभागको स्वीकृति नै नलिई औषधि आफूखुशी बिक्री वितरण गर्ने गरेका छन् । नेसनल हर्बलका सञ्चालक लक्ष्मण पौडेलले आफूले नेपालमै उत्पादित आयुर्वेदिक औषधि बिक्री गर्दै आएको दाबी गरेका छन् ।

औषधि व्यवस्था विभागले भने यौनशक्तिवर्द्धक औषधिका रूपमा अवैध रूपमा औषधि भित्र्याउनेमाथि कारवाही भइरहेको जनाएको छ । विभागको अनुगमन तथा निरीक्षण शाखाले आˆनो वेबसाइट मार्फत सरकारबाट स्वीकृतिप्राप्त औषधिको सूची सार्वजनिक गरेको सो शाखाका प्रमुख पद्म पौडेल बताउँछन् ।

सर्वसाधारणबाट प्राप्त सूचना तथा शाखाद्वारा गरिएको अनुगमनका क्रममा फेला पारिएका यस्ता अवैध औषधि बिक्री वितरण गर्ने उपत्यकाका १४८ वटा औषधि पसल तथा उपचार केन्द्रलाई कारवाही र ४७ वटा बन्द गरिएको पनि पौडेल बताउँछन् । यस्ता औषधिहरू भारतबाट भित्रिने गरेको विभागले जनाएको छ ।

स्तन बढाउन र लिङ्गको आकार बढाउन प्रयोग हुने प्रेसर पम्प र क्रिममा भने रोक लगाइएको छैन । यस्ता सामग्रीहरू औषधि अन्तर्गत नभएर अन्य कस्मेटिक सामान अन्तर्गत पर्ने भएकाले रोक नलगाइएको विभागको भनाइ छ ।

प्रयोगकर्ताको अनुभव
शारीरिक सम्बन्ध तथा यौन सन्तुष्टिका लागि एलोपेथिकमा गोली तथा चक्की र हर्बलमा धूलोमा पाइने यस्ता औषधिको प्रयोगले क्षणिक रूपमा भए पनि आनन्द दिने गरेको उपभोक्ताहरू बताउँछन् ।

लिभित्रा नामको धूलो औषधि खाँदै आएका पदम पुलामी यौन समस्यामा सुधार आएको अनुभव सुनाउँछन् । फिटनेस सप धुम्बाराहीमा भेटिएका पुलामीलेे चिकित्सककै सल्लाहमा औषधि खाएको दाबी पनि गरे ।

स्तन तथा लिङ्ग बढाउन प्रयोग हुने पम्प र क्रिम पनि क्षणिक समयका लागि भएको उपभोक्ताहरू स्वीकार्छन् । हप्ता/हप्ता दिनमा प्रेसर पम्प गरिरहनु पर्ने र क्रिमले मसाज गरिरहनु पर्ने हुन्छ ।

स्वास्थ्यका लागि घातक
औषधिको प्रयोगले स्तन तथा लिङ्गको आकार प्रकार बढ्ने वा घट्ने, यौनाङ्ग ‘टाइट’ हुने कुरामा चिकित्सकहरू नै विश्वस्त छैनन् । यस्ता केन्द्रहरूबाट क्षणिक राहत प्राप्त भए पनि दीर्घकालमा प्रतिकूल असर पार्ने चिकित्सकहरूको धारणा छ । स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक

डा. महेन्द्रबहादुर विष्ट यौन उत्तेजनाका लागि औषधिको प्रयोग स्वास्थ्यका लागि घातक हुने बताउँछन् ।
कामको व्यस्ततासँगै शारीरिक तथा मानसिक तनावका कारण यौन दुर्बलता देखिनु स्वाभाविक भएको र महिला तथा पुरुष दुवैमा यस्तो समस्या हुने पनि डा. विष्ट बताउँछन् ।

डा. विष्टका अनुसार, महिलाको तुलनामा पुरुषहरू छिटो खुल्ने भएकाले पुरुषमा यस्तो समस्या बढी देखिएको हो तर यौनजन्य समस्या औषधिको प्रयोगले निको हुन्छ भन्नु भ्रम मात्र हो । यसका लागि मानसिक र शारीरिक रूपमा स्वस्थ हुनु पर्छ ।

यस्ता औषधिको प्रयोगले १२ देखि २४ घण्टासम्म उत्तेजना बढाउने भएकाले स्वास्थ्यलाई नराम्रो असर पार्ने गरेको हो ।
“औषधि तथा क्रिम र पम्पको प्रयोग दीर्घकालीन उपचार होइन,” मनोरोग विशेषज्ञ डा. विदुर वस्ती भन्छन् ।

सुखी दाम्पत्य जीवनका लागि शारीरिक सम्बन्ध ‘अनिवार्य’ जस्तै हो तर त्यसका लागि मानसिक र शारीरिक रूपमा स्वस्थ र फूर्तिलो हुनुपर्छ, डा. वस्तीको भनाइ छ । यौन दुर्बलता घटाउन र शीघ्र स्खलन रोक्न औषधि खानु त अल्पकालीन उपाय मात्र हो, यो दीर्घकालका लागि हुँदैन ।

यौनवर्द्धक औषधिहरूको जथाभावी प्रयोग स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको चिकित्सकहरूको भनाइ छ ।
भियाग्राको प्रयोगबाट मानिसको नसा फुलेर रक्तचाप बढाइदिने हुँदा मुटु नै बन्द हुनसक्ने खतरा छ । कहिलेकाहीँ त यौन सम्बन्ध राख्दा राख्दै ज्यानै जाने पनि हुन्छ ।

औषधिको ‘साइड इफेक्ट’ बाट मानिसको अनुहार सुन्निने, टाउको दुखिरहने, आँखा धमिलो हुने जस्ता समस्याहरू आउन सक्छन् । यसैले मुटु रोगका बिरामीहरूले चिकित्सकको परामर्शविना यस्ता यौनवर्द्धक औषधिहरूको प्रयोग गर्नु भनेको काल निम्त्याउनु बराबर हो ।
औषधि होइन परामर्श

खिचापोखरीस्थित कन्डम हाउससँगै रहेको सेक्सोलोजी सेन्टरले यस्तो समस्याबाट पीडितलाई औषधिभन्दा पनि यौन परामर्श दिने गरेको बताएको छ ।

यौन विशेषज्ञ डा. एन्जल मगरको परामर्शमा सेवाग्राहीलाई मनोवैज्ञानिक रूपमा पूर्ण बनाउने गरेेको दाबी केन्द्रको छ । केन्द्रले आफूले बिक्री वितरण गर्ने औषधि मानव स्वास्थ्यका लागि उपयोगी र प्रभावकारी भएको दाबी समेत केन्द्रको छ ।

No comments:

Post a Comment