चितुवाको आक्रमणबाट अर्घाखाँचीमा बालिका घाइते - KTV Khabar

Breaking

चितुवाको आक्रमणबाट अर्घाखाँचीमा बालिका घाइते

;

१७ भदौ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका कुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।
मनिषा खनालकी ८ वषिर्य छोरी अस्मिता खनाललाई चितुवाले शुक्रबार दिउँसो कुरमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए ।
घाइते भएकी खनाललाई सन्धीखर्कस्थित जिल्ला अस्पतालमा उपचार हुन नसक्दा बुटवल रिफर गरिएको जिल्ला अस्पतालका प्रमुख डा. जगन्नाथ तिबारीले जानकारी दिए । चितुवाको आक्रमणबाट बालिकाको छातीमा गहिरो घाउ भएको छ ।

No comments:

Post a Comment