एजेन्सी । आश्चर्यजनक बच्चा जन्मिएपछि यहाँ भगवान मानेर पूजा गर्न थालेका छन ।
राजस्थानको बाडमेरमा एउटा आश्चर्यजनक बच्चा जन्मिएको छ । जसको दर्शक गर्न दुरदराज गाउँका मानिसहरु यहाँ पुगेका छन् । खबर अनुसार बाडमेरको एक निजी अस्पतालमा शनिबार इशरोल चौहटन निवासी गेनी देवीकी पत्नी रूपाराम जाटले भ्यागुत्ता जस्तो देखिने विचित्रको बच्चा जन्माएकी छिन् । चौडा चेहरा, ठूल्ठूलो शरीर, डूलो आँखा, नाक र कान देखेर मानिसहरु अच्चममा परेका छन् । ती बालकको शरीर पुरै रातो छ ।
बच्चाले जन्म लिने वित्तिकै हेर्न पुरै गाउँको भीड लाग्यो । गाउँका अधिकांश मानिसले बच्चालाई भगवान रूप मानेर पूजापाठ समेत गरिरहेका छन् । तर डाक्टरहरुले भने फोलिक एसिडको कमीका बच्चा पूर्ण विकास नभएरै यस्ता बच्चा जन्मिने गरेको बताउँछन् । दोस्रो तर्फ बच्चालाई भगवानको अवतार मानेर आफै चकित पनि छन् । टाढा टाढाबाट मानिसहरु बच्चाको दर्शक गर्न यहाँ आइरहेका छन् ।
No comments:
Post a Comment