नेपाल आइडल रोक्न अदालतको आदेश, भोट काउन्ट नगर्न एपिवान वाध्य, अब के हुन्छ? - KTV Khabar

Breaking

नेपाल आइडल रोक्न अदालतको आदेश, भोट काउन्ट नगर्न एपिवान वाध्य, अब के हुन्छ?

;

काठमाडौं । नेपाल आइडल रोक्न काठमाडौं जिल्ला अदालतले एपिवान टेलिभिजनका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश दिवाकर भट्टको एकल इजलासले ‘भदौ २३ गते सम्म भोट गणना गर्ने कार्य नगर्नु नगराउनु’ भनि एपिवान टेलिभिजनको नाममा अल्पकालिन अन्तरिम आदेश दिएको हो।

नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानले एपी वान च्यानलविरूद्ध मुद्दा हालेका थिए।

 

भाद्र २३ गते सक्कल फाइलहरूसहित नेपाल आइडलका आयोजकलाई अदालत उपस्थित हुन पनि आदेश दिइएको छ।

बुधबारको बहसमा यज्ञमणि न्यौपाने, प्रमिला कायस्थ, रक्ष बहादुर रैका, ममता महर्जन र सरिता अधिकारीले बहस गरेका थिए।

 

चर्चित रियालिटी शो नेपाल आइडलबारे पछिल्लो समय विवाद चर्किएको छ। अदालतको आदेश पालना गर्न एपिवान वाध्य हुने भएकोले अबको शुक्रबार मतनतिजाअनुसार एकजना बाहिरिने प्रकृया रोकिने भएको छ। २३ गतेसम्म मत नगन्न अदालतले आदेश गरेका कारण सोही दिन सुनाउनु पर्ने नतिजा दिन संभव हुने छैन।

 

अघिल्लो शुक्रबार नै चारजना मध्ये एकजना बाहिरिनु पर्नेमा आयोजकले चारैजनालाई सुरक्षित गरेका थिए। त्यसैलाई आधार बनाएर करार सम्झौता अनुसार चारजनामध्ये कम मत प्राप्त गर्नेलाई पूर्वसर्त र घोषणा अनुसार आउट गर्नु पर्नेमा त्यसो नगरेको भन्दै मुद्दा परेको हो।

DCnepal

 

No comments:

Post a Comment