;
लहान, २० भदौ । एमालेबाट लहान नगरपालिकाको मेयरमा उम्मेदवार बनेका मुन्नी साहको घरमा बम बिष्फोट गराइएको छ ।
लहान नगरापलिका वडा नम्बर ५ स्थित साहको घरमा मंगलबार साँझ टिफिन बम बिस्फोट गराइएको हो । टिफिन बम प्रहार गरेपनि ढोकामा लागेर बाहिर बिष्फोट भएको छ । घटनाको अहिलेसम्म आधिकारिक जिम्मा कसैले लिएको छैन् । साहले भने सत्तारुढ दलकै मिलेमतोमा बम बिस्फोट गराइएको हुन सक्ने आशंका गरेका छन् । प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ ।
साहलाई केही समयअघि मात्रै एमालेमा प्रवेश गरेका थिए । त्यसलगत्तै उनलाई ज्यान मार्ने धम्की समेत आएको थियो । एमालेले मंगलबारमात्रै लहान नगरपालिकाको मेयरमा साह र उपमेयरमा सरियार चौधरीको नाम सार्वजनिक गरेको थियो ।
No comments:
Post a Comment