वि.सं. २०७४ साल साउन १६ गते। सोमबार। इश्वी सन् २०१७ जुलाई ३१ तारिख। नेपाल संवत् ११३७ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– अष्टमी, ११:१९ बजेउप्रान्त नवमी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले उत्साह जगाउनेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
व्याहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। योजना सुरु गर्न केही समय लागे पनि चिताएको काम सम्पादन हुनेछ। सन्तान र अनुयायीको सहयोग महत्वपूर्ण रहनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले प्रतिफल दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। धैर्यसाथ गरिएको व्यवहारले आर्थिक क्रियाकलापमा समेत फाइदा दिलाउनेछ। तर बोलीको गलत अर्थ लाग्नाले समस्या उत्पन्न हुन सक्छ। सानो त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति निम्त्याउन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
गोप्य सूचना बाहिरिने सम्भावना देखिएकाले सजग रहनुहोला। भैपरी आउने समस्या समाधान हुनेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। स्वास्थ्यका लागि सजग रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
सामान्य फाइदा भइरहे पनि ठूलो भागको आशा राख्दा सुनिश्चित आम्दानीसमेत गुम्न सक्छ। आजको लाभांश सुरक्षित नहुन सक्छ। सरसापटमा खर्चानुपर्ला। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। परिस्थितिले निष्क्रिय बनाउला। आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सम्पादन गर्न सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
(नेपाली पात्रो)

The post हेर्नुस, तपाईको आजको राशिफल : वि.सं. २०७४ साल साउन १६ गते। सोमबार। इश्वी सन् २०१७ जुलाई ३१ तारिख appeared first on Daleema News.
No comments:
Post a Comment