भरतपुरमा फेरि चुनाव हुने भएपछि रेणु दाहालले खुसी हुँदै के भनिन ? - KTV Khabar

Breaking

भरतपुरमा फेरि चुनाव हुने भएपछि रेणु दाहालले खुसी हुँदै के भनिन ?

;

चितवन, १५ साउन । भरतपुर महानगरपालिकामा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको फैसलालाई मेयरकी उम्मेदवार रेणु दाहालले स्वागत गरेकी छिन् ।

भरतपुर-१९ नम्बर वडामा फेरि चुनाव गराउने निर्वाचन आयोगको निर्णयलाई आइतबार सर्वोच्च अदालतले समेत सदर गरेपछि मेयरकी उम्मेदवार दाहालले खुसी व्यक्त गरेकी हुन् । सर्वोच्चको आदेशको स्वागत गर्दै उनले जनताको अभिमतको कदर भएको बताइन् ।

“सर्वोच्च अदालतले प्रचलित नियम कानुनको आधारमा नै फैसला गरेकोले न्यायको प्रत्याभुति गरेको छु । जनताको अभिमतको कदर भएको छ, मतदान गर्न पाउने जनताको अधिकार सुरक्षित भएकोमा खुशी छु” उनले भनिन्, “पहिला पनि जनताको साथमै थिएँ, भोलिबाट फेरि जनताको बीचमा नै जान्छु।”

दाहाल माओवादी केन्द्र र नेपाली काँग्रेसबाट संयुक्त रुपमा मेयरको उम्मेदवार बनेकी हुन् । एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली र दाहालबीच प्रतिस्पर्धा चलिरहेको बेला माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेका थिए ।

त्यसपछि यो विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म आइपुगेको हो ।

The post भरतपुरमा फेरि चुनाव हुने भएपछि रेणु दाहालले खुसी हुँदै के भनिन ? appeared first on Daleema News.

No comments:

Post a Comment