मोडल विदिशाको रहस्यमय मृत्यु, फ्ल्याटमै भेटियो शव - KTV Khabar

Breaking

मोडल विदिशाको रहस्यमय मृत्यु, फ्ल्याटमै भेटियो शव

;

एजेन्सी । दिल्लीको हरियाणास्थित असममा मोडल विदिशा बेज बरवाको रहस्यमय मृत्यु भएको छ। मृत्युको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले मोडलको शव बरामत गरेर पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। शव उनकै फ्ल्याटमा फेला परेको थियो।
प्रहरीले मृतक मोडलका बाबुले दिएको बयान अनुसार उनका पति निशित झा विरुद्ध आत्महत्या गर्नका लागि बाध्य पारेको आरोपमा मुद्दा दर्ता गरेको छ। मुद्दापछि प्रहरीले उनलाई अनुसन्धानका लागि पक्राउ परेको छ। उनले कुनै निजी कम्पनीमा सेल्स म्यानेजरको काम गर्दै आएका थिए।
मृतक मोडल दुई दिन अघिमात्रै पतिका साथ शव भेटिएको फ्ल्याटमा बस्न थालेको त्यहाँको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ। उनको हत्या वा आत्महत्या भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।

The post मोडल विदिशाको रहस्यमय मृत्यु, फ्ल्याटमै भेटियो शव appeared first on News Fetch.

No comments:

Post a Comment