कोहलपुर—बैजनाथ गाउँपालिका ६ पार्वतीपुरमा सोमबार रात्री आमासँगै सुतेकी अढाई बर्षकी छोरी गायब भएपछि गाउँनै त्रसित बनेको छ। आमासँगै खाटमा सुतेर हराएकी बालिका तीन घण्टापछि विहान घरनजिकैको मकैबारीमा फेला परेकी परिन्।
पार्वतीपुरकी सुमीत्रा भण्डारीकी अढाई बर्षीय छोरी अस्मिता भण्डारी मंगलबार विहान तीन बजे हराएकी थिइन्। साँढे तीन बजे खवर पाएको ईलाका प्रहरी कार्यालय कोहलपुर र स्थानीयले विहान ६ बजेसम्म बालिकाको खोजी गरेका थिए।
विहान ६ बजे घरनजिकैको मकैबारीबाट बालिका आएपछि त्रसित स्थानीय अचम्मित भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोखरेलले बताए। आमासँगै सुतेको बालिकाला कसैले बिस्तराबाट उठाएर लिएको हुनसक्ने उनको भनाइ छ। कोठाभित्र आफैसँगै सुतेको छोरी कसैले उठाएको आमासमेतले चाल नपाएपछि खोजी गर्न प्रहरी र स्थानीय रातभर लागेको उनले भने। आमासँगै सुतेर हराएको तीन घण्टापछि मात्र बालिका घरमा आएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
बालिकाको शरीरमा सामान्य चोटजस्तो संकेत देखिएकोले अपहरण हो वा जर्वजस्तीकरणीका लागि उठाएको अनुसन्धान भैइरहेको प्रहरी निरीक्षक पोखरेलले बताए। स्वास्थ्य परीक्षण रिर्पोटबाट बालिकाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। आमा गर्मीमा ढोका खोलेर सुतेको बेला बालिका कसैले उठाएर लिएको हुन सक्ने अनुमान गरिएको छ। नागरिक न्युजमा खबर छ।
The post आमासँगै सुतेकी छोरी गायब भएपछि. . प्रहरी र स्थानीयवासीले रातभरी खोजे तर छोरी यस्तो ठाउँमा भेटिन पुगिन appeared first on News Fetch.
No comments:
Post a Comment