साउदीबाट आएकै दिन काठमाडौंको होटलमा महिलाको हत्या - KTV Khabar

Breaking

साउदीबाट आएकै दिन काठमाडौंको होटलमा महिलाको हत्या

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

काठमाडौं । साउदी अरवबाट आएका एक युवा आएकै दिन हत्या अभियोगमा फसेका छन्। मंगलबार काठमाडौ आएका उनी एक महिलालाई हत्या गरेको अभियोगमा प्रहरीले खोजी गरिरहेको छ।
महोत्तरी रतौली–६ घर भएका ३० वर्षीय जमुना साह लहेरीलाई बालुवा–२ घर भएका ३५ वर्षीय रामबावु महतोले ढोकाको काठको आग्लो प्रहार गरेर ज्यान लिएका अभियोग छ।

काठमाडौं महानगरपालिका–९ रातोपुल स्थित भगवती गेष्ट हाउसको कोठा नम्बर ३०३ बुक गरी बसेको अवस्थामा बुधबार महतोले लहेरीको टाउकोमा ढोकाको आग्लो प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि काठमाडौ मेडिकल कलेज सिनामंगल लगिएकोमा उपचारको क्रममा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना पछि फरार रहेका महतोको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

The post साउदीबाट आएकै दिन काठमाडौंको होटलमा महिलाको हत्या appeared first on Daleema News.

No comments:

Post a Comment