सञ्जयको निधनको २ साता नबित्दै कञ्चनले उनको नासो पनि गुमाइन् - KTV Khabar

Breaking

सञ्जयको निधनको २ साता नबित्दै कञ्चनले उनको नासो पनि गुमाइन्

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

‘आज आएर हार खाएँ तर, सञ्जयको पत्नी हुनुमा गर्व छ’

११ साउन, प्यूठान । ‘दुई सातापछि सफल आरोहणको सन्देश सुनाउँछु’ भनेको कन्चन र सञ्जय पण्डितको अन्तिम सम्वाद बन्यो । जेठ १९ गते काठमाडौं छाडेका सन्जयले अन्तिमपटक २५ गते पत्नी कञ्चनसँग टेलिफोनमा कुराकानी गरेका थिए ।
सञ्जय हरेक पटक हिमाल आरोहणमा जाँदा प्यूठानमा रहेका बुबाआमा र पत्नी कञ्चनको मुटु झस्कन्थ्यो ।
दोस्रो पटक सगरमाथाको सफल आरोहणपछि उनले अब हिमाल नचढ्न सुझाव पनि दिएकी थिइन् । तर, सञ्जयले मानेन् । उनी भन्थे-मानिस जन्म पछि पक्कै मर्छ, तर आफ्नो-आफ्नो ठाँऊ र देशको नाम राखेर मर्न डराउनु हुँदैन । सगरमाथाले मेरो शीर राख्यो, अव देशको नाम राख्न सात महादेशका उच्च हिमश्रृंखला चढ्छु ।’
यो पटक अन्तिम हिमाल यात्रा भनेपछि रोक्न सकिनन् ।

तर, त्यही अन्तिम हिमाल आराहणले कञ्चन र पण्डित परिवारमा अकल्पनीय त्रासदी आइलाग्यो ।
सञ्जयले सात महादेशका सात ‘डरलाग्दा’ हिमाल आरोहणको क्रममा गत असार २ गते अमेरिकाको आलस्कामा ज्यान गुमाए । दुई दिनपछि कञ्चनले पतीको निधनको खबर सुनिन् ।
डेढ वर्षअघि मात्र विवाह गरेका थिए । त्यसमाथि उनी गर्भवती थिइन् । हरेक पल पतिको साथ चाहिने बेलामा सञ्जयले सांसर नै छाडेको सुन्दा कञ्चन आफूलाई कसरी सम्हालिन् कल्पना गर्न पनि गाह्रो हुन्छन् । उनी अहिले त्यो क्षण सम्झन पनि सक्दिनन् ।
तर, कञ्चनको दुःख त्यतिमा सकिएन । पतिवियोगले विछिप्त कञ्चन १४ असारमा सुत्केरी भइन् । उनले छोराको जन्म दिइन् । सञ्चयलाई गुमाउँदाको पीडाका बीच उनको ‘नासा’ छोराको जन्मले उनको घाउमा मलहम लगाउने काम गरेको थियने ।

तर, दुर्भाग्य कञ्चनले असार २२ गते छोरालाई पनि गुमाइन् । स्वास प्रस्वाससम्वन्धी समस्याका कारण उनको छोराको निभन भयो । अर्थात १५ दिनको अन्तरमा उनले पति र पुत्र बियोग सहनुपर्यो । ‘जीवन सबैले बाँचेका हुन्छन्, फरक यत्ति हो मैले सामान्य बाँचिन’ उनले भनिन्, ‘सबैले साथ दिए, अन्तिममा दैवले धोका दियो ।’
मंगलबार कञ्चनले नै सञ्जयको पार्थिव शरीरमा दाववत्ति दिइन् । उनी भन्छिन्, अन्तिममा आएर आज जीवनबाट हार खाँए तर सञ्जय पण्डितको पत्नी हुनुमा गर्व छ ।’

पुत्रवियोगको सिलसिला
हरेक पटक सञ्जयले हिमाल चढ्ने कुरा गर्दा घरमा बा-आमाको मुटु झस्कन्थ्यो । तीन भाइ छोराहरु मध्ये कान्छो सञ्जयको अठोटको अगाडी अभिभावकको केहि चल्दैनथ्यो ।
‘जाँदा सधैं रोक्ने प्रयास गथ्र्याै, आउँदा सुखी हुन्थ्यौं’ आमा पावर्ता पण्डितले भनिन्, ‘अन्तिम समयमा परिणाम अर्कै आयो ।’
जेठो छोरा हृदयघातका कारण गुमाएकी पावर्ता अहिले कान्छो छोरालाई गुमाउँदा असहृय पीडामा छिन् । अन्टाकटिकाको हिमाल आरोणपछि सन्जलाई उनले अब पुग्यो भनेकी थिइन् ।
बुहारी सुत्केरी हुने समय आएकाले पनि यो वर्ष नजान अभिभावकहरुले पहल गरेका थिए । तर, जुन महिना हिमाल आरोहणका लागि उत्तम हुने नत्र एक वर्ष कुर्नु पर्ने भन्दै सञ्जयले आरोहण गरेरै छोड्ने जिद्धि गरे । ‘यो अन्तिम यात्रा हो भनेपछि हामीले नकार्न सकेनौं’ उनले भनिन्, ‘यस पटकका ऋण नै गरेर पठायौं ।’
यसअघिका यात्रामा सञ्जयलाई नेपाल सरकार लगायत विभिन्न निकायहरुले सहयोग गर्दै आएका थिए । ‘करिव ७० लाख लाग्दो रहेछ अमेरिकाको हिमाल चढ्न’ ,आमा पार्वताले भनिन्, ‘माइतीको पेवा सम्पत्ति बैंकमा ४० लाख ऋणमा राखेर पठाएकी हुँ ।’पहिलेको गौमुखी विकास बैंक अहिलेको साइन रेसुङ्गा बैंकमा अझै ३१ लाख ऋण रहेको उनले बताइन् ।
सञ्जयकी पत्नी कञ्चन काठमाडौंको नेपाल कमर्स क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छिन् । वुवा मिश्रण पण्डित पूर्व शिक्षक हुन् । आमा पार्वत आदर्श आधारभुत विद्यालय खप्रेङखोला धर्मावतीमा पढाउँछिन् । माइला दाजु सुरेन्द्र गंगा मावि बाहानेमा पढाउँछन् ।

( साभार :- अनलाइनखबर )

The post सञ्जयको निधनको २ साता नबित्दै कञ्चनले उनको नासो पनि गुमाइन् appeared first on Daleema News.

No comments:

Post a Comment