‘बाहुबली’ बन्न खोज्दा ज्यान गयो - KTV Khabar

Breaking

‘बाहुबली’ बन्न खोज्दा ज्यान गयो

;

मुम्बइ। फिल्म बाहुबलीको दृश्य कपी गर्न खोज्दा एक व्यवसायीको ज्यान गएको छ । फिल्म बाहुबलीका प्रभासले झरनामा हाम्फालेको दृश्य कपी गर्न खोज्दा ती व्यवसायीको ज्यान गएको बताइएको छ । तर, उनका भाइले भने दाजुलाई धक्का दिइएको बताएका छन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।
मुम्बइका इन्द्रपाल पाटील आफ्ना साथीहरुसँग लाहपुरको माहुली किल्ला घुम्न गएका थिए । त्यहाँ फिल्म बाहुबलीमा देखाइएको जस्तै झरना भएको मृतकका साथीहरुले बताएका छन् । प्रहरीका अनुसार इन्द्रपालले त्यो झनाको एक छेउबाट अर्कोतिर ठि त्यस्तै गरी हाम्फाले जसरी फिल्म बाहुबली द बिगिनिङमा प्रभासले हाम्फालेका थिए ।
प्रहरीका अनुसार केही दिनयता त्यो झरनामा हाम्फाल्ने चक्करमा धेरै जना घाइते भइसकेका छन् । इन्द्रपालका भाइ महेन्द्रले दाजुको उचाइबाट खसेर मृत्यु भएको कुराले परिवारलाई निकै ठूलो धक्का लागेको बताएका छन् । उनले दाजु उचाइबाट आफैं खसेको नभइ कसैले धक्का दिएको हुन सक्ने आशंका गरेका छन् । उनले यो घटनाको जाँचको माग गरेका छन् ।

The post ‘बाहुबली’ बन्न खोज्दा ज्यान गयो appeared first on News Fetch.

No comments:

Post a Comment