पुटिन फेरि विवादमा : यौन शक्ति बढाउन बाह्रसिंगेको रगतले स्नान - KTV Khabar

Breaking

पुटिन फेरि विवादमा : यौन शक्ति बढाउन बाह्रसिंगेको रगतले स्नान

;

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अनौपचारिक बैठकका कारण विवादमा तानिएका रुसी राष्ट्रपतिका बारेमा अर्को विवादित तथ्य खुलासा भएको छ ।
पुटिनले जवान बन्नका लागि संरक्षण समूहमा पर्ने बारहसिङ्गाको रगतले नुहाउने गरेको तथ्य सार्वजनिक भएपछि उनी झन विवादमा तानिएका हुन । पुटिन अहिले ६४ वर्ष का छन् ।
समाचार अनुसार, बारहसिङ्गाको सिङबाट निस्किने रगतबाट नुहाउन उनी अल्ताई पहाडमा गएका छन् । बाथटवमा आनन्दपूर्वक नुहाउनका लागि बारहसिङ्गाका ७० किलो सिङ्ग काटिएको समाचार सार्वजनिक भएपछि पशु अधिकारकर्मीहरुले चर्को आलोचना गरेका छन् ।
रुसी समाजको यो बर्बर परम्पराको यसअघि पनि बिरोध हुँदै आएको हो । यो परम्परामा बारहसिङ्गाका सिङ काटेर रगत जम्मा गरिन्छ । यो रगतलाई बोतलमा भरेर बेचिने समेत गर्दछ ।
रुसी समाजमा यो रगतले नुहाएमा पुरुष हर्मोन टेस्टोस्टेरोन बढ्छ भन्ने मान्यता छ । यसअघि सन् २०१५ पनि पुटिनले साइबेरियाको यात्राका क्रममा यसै रगतले नुहाएका थिए ।

The post पुटिन फेरि विवादमा : यौन शक्ति बढाउन बाह्रसिंगेको रगतले स्नान appeared first on News Fetch.

No comments:

Post a Comment