एजेन्सी। एक १८ दिनकी बालिकालाई कसैले किस गरेकै कारण ती बालिकाको मृत्यु भएको छ । ती बालिका जन्मेको खुसीमा पार्टी दिइएको र सोही पार्टीमा कसैले बालिकालाई किस गरेकै कारण उनको मृत्यु भएको हुन सक्ने डाक्टरले बताएका छन् ।
अमेरिकाको लोवाका निकोल र शेन हालै मातापिता बनेका थिए । १ जुलाइमा उनीहरुले छोरीलाई जन्म दिएका थिए । छोरी मारियाना जन्मेको खुसीमा उनीहरुले पार्टीको आयोजना गरे । पार्टीमा उनीहरुका आफन्त र साथहिरु गरी थुप्रै पाहुनाहरु आए । ती सबैजसोले बालिकालाई मायाले खेलाउने चुम्ने गरे ।
पार्टी सकिएपछि दम्पतीले छोरीलाई हेर्दा उनको अवस्था सामान्य थिएन । बालिकाले न केही खाएकी थिइन् न अन्य कुनै प्रतिक्रिया थियो । उनीहरुले तत्कालै छोरीलाई अस्पताल लिएर गए । अस्पतालमा जाँचपछि ती बालिकालाई मेनेन्जाइटिस भएको पत्ता लाग्यो । डाक्टरले पार्टीमा कसैले बालिकालाई किस गरेका कारण यो इन्फेक्सन भएको बताएका छन् । २ घण्टासम्म डाक्टरले निकै प्रयास गरेपनि मारियानालाई बचाउन नसकेको बताएका छन् । डीसी नेपालको सहयोगमा
The post किस गरेकै कारण १८ दिनकी बालिकाको मृत्यु appeared first on News Fetch.
No comments:
Post a Comment