;
एजेन्सी । बलिउड अभिनेत्री कंगना रनोट चलचित्र छायांकनका क्रममा घाइते भएकी छिन्।
कंगनाको टाउकोमा गहिरो चोट लागेपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हैदराबादमा चलिरहेको चलचित्र मणिकर्णिका द क्वीन अफ झाँसी को तरवालवाजीको सीन दिने क्रममा कंगना घाइते भएको समाचारमा उल्लेख छ।
टाउकोमा गहिरो चोट लागेकी कंगनालाई अपोलो अस्पतालको आइसियु कक्षमा भर्ना गरिएको बताइएको छ। उनको टाउकोमा १५ वटा टाँका लगाइएको अस्पतालललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

The post छायांकनका क्रममा अभिनेत्री कंगनाको टाउको काटियो, आइसियुमा भर्ना appeared first on News Fetch.
No comments:
Post a Comment