;
एजेन्सी । भारतको हिमाचल प्रदेशमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने अन्य कयौँ व्यक्ति घाइते भएका छन्।
सोलानबाट किन्नोरका लागि छुटेको बस शिमलास्थित रामपुरमा दुर्घटना हुँदा २० जनाको ज्यान गएको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दुर्घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेर घाइतेको उद्धार कार्य जारी राखेको समाचारमा उल्लेख छ। घाइतेको उद्धार भइरहेको भएपनि संख्या भने यकिन हुन नसकेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

The post हिमाचल प्रदेश : बस दुर्घटनामा २० जनाको मृत्यु, घाइतेको संख्या यकिन हुन बाँकी appeared first on News Fetch.
No comments:
Post a Comment