;
जिग्री पाँडे प्रतिष्ठाले दृष्टिविहिनलाई बुझायाे घरको साँचो
५ साउन, काठमाडाैं
हास्य कलाकार कुमार कट्टेल (जिग्र)को जन्म दिनको अवसर पारेर जिग्री पाँडे प्रतिष्ठानले सप्तरीका तीन दृष्टिविहिन परिवारलाई घरको साँचो हस्तान्तरण गरेको छ । दाजु सिताराम कट्टेल (धुर्मसु) को हातबाट दृष्टिविहिन परिवारलाई घरको साँचो हस्तान्तरण गरिएको हो ।
भद्रगोल हास्य टेलिश्रृंखलाका अर्जुन घिमिरे पाँडेसँगको सहकार्यमा जिग्री पाँडे प्रतिष्ठान स्थापना गरेर नै उनीहरुले यो सामाजिक काम सम्पन्न गरेका हुन् । वैशाख १ गते धुर्मुस सुन्तलीले मुसहर बस्ती हस्तान्तरण गरेर दृष्टिविहिन परिवारका लागि निर्माण गर्न लागिएको घरको शिलन्यास गरेका थिए ।
सप्तरी युथ नेपालले र युवा अभियन्ता रमेश प्रसाद शाहसँगको सहकार्यमा प्रतिष्ठानले उक्त काम सम्पन्न गरेको हो । करिब ३२ लाखको लगानिमा निर्माण भएका तीन पक्की घरमा पानी तथा बिजुलीको सेवा सुविधा उपलब्ध छन् ।



The post दृष्टिविहीन परिवारलाई जिग्री-पाँडे प्रतिष्ठानद्वारा तीन कोठे पक्की घर निर्माण appeared first on News Fetch.
No comments:
Post a Comment