यी जोगी कुकुरलाई पनि भक्त मान्छन् तथा मोटरसाइकलमा राखेर घुम्छन्(भिडियोमा हेर्नुहोला ) - KTV Khabar

Breaking

यी जोगी कुकुरलाई पनि भक्त मान्छन् तथा मोटरसाइकलमा राखेर घुम्छन्(भिडियोमा हेर्नुहोला )

;

एजेन्सी । आफूलाई भगवान् शिवको भक्त मान्ने साधु दुलानाथले कैयौं धार्मिक स्थलहरूको यात्रा गरिसकेका छन् । उनको विशेषता भनेको जहाँ पनि आफूले पालेको कुकुरलाई बाइकमा लिएर हिँड्नु हो ।कुकुरप्रतिको उनको स्नेहभावले उनलाई वरपरको इलाकामा लोकप्रिय बनाइदिएको छ । नाथ आफ्ना कुकुरहरूलाई पनि भक्त मान्छन् ।
साधु दुलानाथका अनुसार उनी विगत १० वर्षदेखि कुकुरहरूका साथ यात्रा गरिरहेका छन् । हालै उनले अमरनाथ यात्रा पनि गरे । उनी कुकुरलाई कहिल्यै बेवारिसे नछोड्ने बताउँछन् ।नाथले बाइक चढेर आफ्ना सबै कुकुरहरूलाई धार्मिक स्थलको दर्शन गराइसकेका छन् । उनका अनुसार उनका कुकुर पनि भोलेबाबाका भक्त हुन् र उनीहरूलाई धार्मिक स्थलको दर्शन गर्न खुबै मन लाग्छ ।

The post यी जोगी कुकुरलाई पनि भक्त मान्छन् तथा मोटरसाइकलमा राखेर घुम्छन्(भिडियोमा हेर्नुहोला ) appeared first on News Fetch.

No comments:

Post a Comment