चाहे संसारै उल्टियोस् तर यहाँका थानेदार आफ्नो कुर्सीमा बस्दैनन्, यस्तो छ कारण - KTV Khabar

Breaking

चाहे संसारै उल्टियोस् तर यहाँका थानेदार आफ्नो कुर्सीमा बस्दैनन्, यस्तो छ कारण

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

एजेन्सी। भारतको उत्तर प्रदेश वाराणासीमा एउटा यस्तो पुलिस थाना छ जहाँका थानेदार कहिल्यै पनि आफ्नो कुर्सीमा बस्दैनन् । यहाँ धेरै वर्षदेखि यस्तै चलिरहेको छ । यहाँका थानेदार आफ्नो कुर्सीको छेउमा अर्को कुर्सी राखेर बस्छन् । यहाँ थानेदारको कुर्सीमा बाबा काल भैरव बस्छन् ।

वाराणसीको विश्वेश्वरगंजको पुलिस स्टेशनका थानेदार राजेश सिंहका अनुसार यो परम्परा वर्षौंदेखि चलिरहेको छ । यहाँ नयाँ थानेदार सरुवा भएर आउँदा कहिल्यै आफ्नो कुर्सीमा बसेनन् । यहाँ बाबा काल भैरवलाई काशीको कोतालको रुपमा चिनिन्छ । शहरको शान्ति सुरक्षाको निरीक्षण बाबा कालभैरवले नै गर्ने विश्वास गरिन्छ । बाबाको पूजा गरेपछि मात्र यहाँका पुलिसकर्मीले आफ्नो काम थाल्छन् ।

The post चाहे संसारै उल्टियोस् तर यहाँका थानेदार आफ्नो कुर्सीमा बस्दैनन्, यस्तो छ कारण appeared first on Daleema News.

No comments:

Post a Comment