जनकपुर अञ्चल अस्पतालमा उपचाररत १३ वर्षे बालकको मृत्यु, अस्पतालले लापरवाही गरेको आफन्तको आरोप - KTV Khabar

Breaking

जनकपुर अञ्चल अस्पतालमा उपचाररत १३ वर्षे बालकको मृत्यु, अस्पतालले लापरवाही गरेको आफन्तको आरोप

;

जनकपुर, साउन ५ – जनकपुर अञ्चल अस्पतालको लापरवाहीका कारण एक बालकको ज्यान गएको आफन्तले आरोप लगाएका छन् । धनुषाको मिथिला विहारी गाउँपालिका–१० ठेराका कैलाश मण्डलका १३ वर्षका छोरा राजा मण्डलको अस्पतालको लापरवाहीले ज्यान गएको आफन्तको आरोप छ ।
बालकलाई एक्कासी ज्वरो आएपछि बुधबार बिहान ९ बजे जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि लगिएको थियो । त्यसपछि चेकजाँच गरी डाक्टरले भर्नाको लागि बेड खाली नभएको भन्दै फर्काएका थिए । बालकको स्वास्थ्य अवस्था खराब भएपछि बेलुका ६ बजे फेरि जनकपुर अञ्चल अस्पतलकै अकास्मिक कक्षमा भर्ना गराएपछि केहीबेरपछि वार्डको बडेमा पठाएर उपचार सुरु गरिएको थियो ।
राति ९ बजे बालकको स्वास्थ्य अवस्था झनै खराब हुन थालेपछि नर्स नैनतारा साह र कविता चौधरीलाई बालकका बुवा कैलासले पटक पटक छोरालाई हेरदिनुस् भनेर गुहार लगाउँदा उल्टै हप्काएर फर्काएको त्यहाँका प्रत्यक्षदर्शी एक अर्का बिरामी कुरुवा जुमेदा खातुनले बताउनुभयो । उहाँका अनुसार नर्सहरु मोवाइल चलाएर बसेका थिए । त्यसबेला डियुटिमा रहेका डा.वैद्यनाथ ठाकुर क्वाटरमा आराम गरेको नर्सले बताएका छन् ।
राजाका बुवा कैलाशका अनुसार राति १२ बजे बालकको अवस्था चिन्ताजनक भएपछि डियुटीमा रहेकी नर्स नैनतारा साह आफैले सुई लेखेर किनरे ल्याउन लगाई सुई लगाउनु भएको थियो । त्यस पश्चात बालकको अवस्था झनै चिन्ताजनक भएको उहाँको आरोप छ ।
तर नर्सले भने डाक्टरलाई सोधेर नै आफूले सुई लगाएको बताएका छन् । बिहीबार बिहान तीन बजे राजाको ज्यान गएको हो । त्यसपछि आक्रोशित कैलाशले नर्सलाई ताकेर लट्ठी प्रहार गरेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेको छ । प्रहरीले उहाँलाई दुई घण्टापछि छोडेको थियो । अस्पताल प्रशासनले भने बालकको आफूहरुको लगातारको प्रयासका बाबजुद पनि ज्यान गएको प्रतिक्रिया दिएको छ । साभार :- शैलेन्द्र महतो/उज्यालो

The post जनकपुर अञ्चल अस्पतालमा उपचाररत १३ वर्षे बालकको मृत्यु, अस्पतालले लापरवाही गरेको आफन्तको आरोप appeared first on News Fetch.

No comments:

Post a Comment