दुनियाँलाई अचम्मित पार्ने १० चिनियाँ कुरा - KTV Khabar

Breaking

दुनियाँलाई अचम्मित पार्ने १० चिनियाँ कुरा

;

चीन विश्वको ठुलो अर्थतन्त्रको देश मात्र होइन विश्वको महाशक्ति बन्दै गरेको देश पनि हो । नेपालको छिमेकी भएपनि चीनबाट प्रयाप्त फाइदा लिन नेपाल असफल छ । विगत केही दशक यता चीनमा भएको विकाश दुनियाँलाइ चकित पार्ने खालको छ ।
चीन अव आएर विश्वकै उत्कृष्ठ पर्यटकीय गन्तब्य समेत बन्दै छ । चीनमा पुग्ने पर्यटकले अहिले चीनमा केही अनौठा चिज देख्न पाउँछन् । यहाँ केही वर्षमा चीनमा आएका नाटकीय परिवर्तन झल्काउने १० कुराको चर्चा गरिएको छ ।
१ जहाँ मिल्यो त्यही सुत्ने
चीनमा मानिसहरु निक्कै ब्यस्त हुन्छन् । उनीहरुको काम गर्ने शैली साँच्चिकै श्रमिकको जस्तो हुन्छ । उनीहरु यति थाकेका हुन्छन् कि जहाँ मिल्छ त्यही निदाउँछन् । यस्ता दृष्य चीनमा धेरै देख्न पाइन्छ ।
२ नयाँ नयाँ र फराकिला शहर
चीनका शहरको विस्तार हुने दर सबैलाई चकित पार्ने किसिमको छ । जता पनि संरचना बनिरहेका छने भने विस्तार भैरहेका शहर देख्दा सबै चकित पर्छन् । अमेरिकामा कुनै गगन चुम्बी भवन बनाउन वर्षौं लाग्न सक्छ तर चीनमा यस्ता १० वटा गगनचुम्बी भवन केही महिनामा तयार भैरहेका छन् । केही वर्षमै नयाँ शहर तयार भैरहेका छन् चीनमा ।
३ साइकल हराउँदै
चीनमा मानिसहरु साइकल चोड्न छोडिसके । पछिल्लो समयमा मानिसहरुले कार र साइकल नै किन्न परेपनि इलेक्ट्रिक साइकल किन्छन् । अव चीनमा साइकल चढ्ने जनसंख्या केवल १८ प्रतिशत छ । सन् १९८६ मा यो संख्या ६३ प्रतिशत थियो ।
४ ट्वाइलेट पेपर नभएका शौचालय
चीनका अत्याधुनिक शौचालयमा ट्वाइलेट पेपर राखिएको हुँदैन । पश्चिमाहरुलाई अनौठो लाग्ने यहाँका शौचालयमा सुविधाको कमि भने छैन ।
५ साना गाडी ठूलो भारी
चीनमा मानिसहरुले साना गाडीमा ओसारेको भारी देखेर पर्यटकहरु चकित हुन्छन् । सानो बाइकमा राखेर बण्डलका बण्डल सामान ओसार्छन् चाइनिजहरु । एउटा स्कुटी वा मोपेडमा सबै परिवार नै चढेर हिँडेका देखिन्छन् । सानो ट्रयाक्टर ६ फिट अग्ला फलामे छड बोकेरे हिँड्छन् । त्यसमाथि मान्छे समेत हुन्छन् ।
६ एकान्त नै छैन
चीनको शहरी क्षेत्रमा एकान्त खोज्न अव असम्भव जस्तै लाग्छ । जता पनि मान्छेको भिड देखिन्छ । बाथरुममा जाँदा देखि पार्क सम्म मानिस तपाइँको पछाडि कुरिरहेका देखिन्छन् ।
७ अनौठा जनावरका खाना
चीनमा कुन कुन जनावरको स्वादिष्ट खाना बन्छ भन्ने कुरा थाहा पाउँदा जो कसैलाई पनि छक्क लाग्छ । भंगेरा देखि सर्प सम्म रेष्टुरेन्टको मेनुमा देख्न पाइन्छ । खसी देखि कुकुर सम्म पनि त्यही नै पाइन्छ ।
८ सबै हार्दिक
चीनमा धेरै जसो मानिस मिजासिला देखिन्छन् । घुल्दैजाँदा त्यो मित्रता त्यति धेरै जनसंख्यामा पनि कसरी सम्भव जस्तो लाग्छ । त्यस्तो हार्दिकता गाउँमा मात्र होइन ठूला ठूला शहरमा समेत देखिन्छ ।
९ जता ततै शारीरिक अभ्यासका सामग्री
चीनमा मानिसहरु फिटनेसका लागि निक्कै सचेत देखिन्छन् । जताततै फिटनेसका सामग्री देखिन्छन् । पार्क देखि घर सम्म यस्ता सामग्री देखिन्छन् ।
१० जताततै मान्छे, जताततै भिड
चीनको जनसंख्या विश्वकै सबैभन्दा बढी छ । यहाँ सडक देखि रेल र बस सम्म कोचाकोच मान्छे देख्न पाइन्छ । भित्री बाटो बाट चल्ने कार देखि मुख्य सडकमा गुड्ने कारको पानि लाइन हुन्छ भने रेलका डिब्बामा छिर्न मारामार नै गर्नु पर्छ । साभार : नेपाली हेडलाइन्स

The post दुनियाँलाई अचम्मित पार्ने १० चिनियाँ कुरा appeared first on News Fetch.

No comments:

Post a Comment