भगवानकै घरमा चोरी भएपछि… - KTV Khabar

Breaking

भगवानकै घरमा चोरी भएपछि…

;

 

श्रावण १६, नुवाकोट। मानिसले आफ्नो केही कुरा चोरी भयो भने भगवान सम्झिन्छन् । भगवानले चोर भेट्न र चोरीको सामान फिर्ता पाउन मद्दत गर्ने आशा गरिन्छ । तर भगवानकै घरमा चोरी भयो भने ? नुवाकोटमा यस्तै भएको छ । विदुर नगरपालिका–९ जफतीमा रहेको राधाकृष्ण मन्दिरको मुकुट चोरी भएको छ ।

स्थानीय बासिन्दाको पहलमा पाँच वर्षअघि निर्माण गरेको मन्दिरमा रहेको राधाकृष्ण भगवान्को मुख्य मुकुट आइतबार राति चोरी भएको स्थानीय बासिन्दा वैकुण्ठ बोगटीले बताए । आज बिहान भक्तजन मन्दिरमा पूजा गर्न जाँदा मुकुट चोरी भएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए ।

चाँदीबाट निर्मित मुकुट चोरी भएकाले संलग्नको पहिचान गरी कारबाहीका लागि स्थानीय भक्तजनले प्रहरीलाई आग्रह गरेका छन् । चोरी भएको मुकुट स्थानीय बासिन्दाले पाँच वर्षअघि धार्मिक सहयोग अनुदानमार्फत रु ३२ हजारमा खरिद गरेका थिए ।
चोरीमा संलग्नलाई कारबाहीका लागि अनुसन्धान शुरु भएको नुवाकोट प्रहरी प्रमुख देवबहादुर बोहराले बताए । घटनाको सम्बन्धमा जिप्रका र नगर प्रहरीको टोलीले अनुसन्धान शुरु गरेको छ ।

रासस

The post भगवानकै घरमा चोरी भएपछि… appeared first on Daleema News.

No comments:

Post a Comment