तनहुँमा १३ वर्षे बालकद्धारा आत्महत्या - KTV Khabar

Breaking

तनहुँमा १३ वर्षे बालकद्धारा आत्महत्या

;

तनहुँ– तनहुँमा एक बालकले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा व्यास नगरपालिका वडा नं ५ साँघे नेपालटार बस्ने बर्ष १३ का आकाश श्रेष्ठले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
श्रेष्ठले आफ्नै घरमा सलको पासो लगाएर आत्महत्या गरेका हुन् । मंगलबार दिउँसो दिनभर खेत रोपाई कार्यमा सहभागी भएका श्रेष्ठलाई बाबु आमाले केहि समय अघि खाना पकाउन भन्दै घर पठाएका थिए ।
मंगलबार साँझ ७ बजेको समयमा बाबु आमा घरमा आइपुग्दा छोराले आत्महत्या गरिसकेको अवस्थामा भेटिएको परिवारजनको भनाईलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका सई मनोज पाण्डेले बताए ।
मृतकको शव बुधवार विहान घट्नास्थलमा पुगी मुचुल्का उठाएर पोष्टमार्टमको लागि दमौली अस्पतालमा राखिएको सई पाण्डेले जानकारी दिए । बालकले आत्महत्या गर्नुको कुनै कारण नखुलेको र अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

साभार :- रातोपाटी

The post तनहुँमा १३ वर्षे बालकद्धारा आत्महत्या appeared first on News Fetch.

No comments:

Post a Comment