एजेन्सी । चाणक्य प्राचीन समयका एक महान दार्श्निक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए। उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् ।
चाणक्यले यस्ता कुरा बताएका छन्, व्यक्तिले जीवनमा कहिले हानी वा नोक्सानको सामना गर्नुपर्दैन् । उनका यी नीतिहरुलाई लागु गर्ने हो भने मानिस जस्तासुकै नोक्सानबाट बच्न् सक्छ। चाणक्यका ६ नीति ख्याल राख्दा जीवनमा १ रुपैया पनि घाटा हुन्न ।
१) आफ्नै पहिचान
मानिसलाई आफ्नो योग्यता र कुशलताको पहिचान हुनुपर्छ। योग्यताले नभ्याउने काम गर्नुहुन्न । आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।
२) मित्र र शत्रुको पहिचान
मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नुपर्छ। हामीले सच्चा मित्र र शत्रु चिन्यौ भने हानीबाट बच्न सकिन्छ । जीवनमा मित्रका भेषमा शत्रु पनि आउँछन्। यिनीहरुबाट बच्नुपर्छ । शुत्रलाइ चिनेर उनीहरुबाट सधै बच्नुमा भलाई हुन्छ ।
३) स्थानको पहिचान
मानिसलाई आफू बसेको स्थानका बारेमा पहिचान हुनुपर्छ । त्यहाँको वातावरण र परिस्थितिले धेरै कुरा तय गर्छन्। यदि खराव मानिस बस्दछन् भने सावधान रहनुपर्छ भने वातावरण स्वास्थ अनकुल छैन् भने त्यसबाट बच्न पहिलै प्रवन्ध गर्नुपर्छ ।
४) समयको पहिचान
जोसुकै समझदार मानिसले पहिचान गर्दछ हाल कस्तो समय चलिरहेको छ। सुख दिन छन कि दुःखमा जिन्दगी चलिरहेको छ ? यसकै आधारमा काम गर्नुपर्छ । दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडी बढ्नु र सुखमा बेलामा लापरवाही गर्नुहुँदैन् ।
५) गुरु वा स्वामीको चाहनाको पहिचान
मानिसलाई आफ्नो गुरु वा स्वामीको चाहनाको पहिचान हुनुपर्छ। उनी जे काम गराउन चाहन्छन् त्यही गर्नुपर्छ। यसो गर्दा केही अफ्ट्यारोको सामना त गर्नुपर्ला र यही सहि नीति हो ।
६) आय र व्ययको पहिचान
मानिसलाइ आफ्नो आय-व्यय अर्थात कमाई-खर्चको पहिचान हुनुपर्छ । आफ्नै कमाई अनुसार खर्च गर्ने हो । आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ ।

The post चाणक्यका यी ६ नीति अपनाउनुहोस् जीवनमा कहिले पनि घाटा हुँदैन ! appeared first on Daleema News.

No comments:
Post a Comment