भुलेर पनि फेरि तताएर नखानुहोस् यी खानेकुरा, बिष सरह बन्छ ! - KTV Khabar

Breaking

भुलेर पनि फेरि तताएर नखानुहोस् यी खानेकुरा, बिष सरह बन्छ !

;

व्यस्त जीवनशैलीमा हामी धेरैजसो कि बाहिरको खाना खान्छौ, कि त घरमै भएका खाना सेलाएपछि तताएर खान्छौँ वा दुई पटक खाने खाना एकै पटक पकाएर राख्छौ र पछि तताएर खान्छौ । तर, के तपाईलाई थाहा छ, कुनै – कुनै खानेकुरा सेलाएपछि तताएर खाएमा स्वास्थ्यलाई हानि गर्छ ? त्यसो भए, जान्नुहोस्, कुन–कुन खाना फेरि तताएर खान मिल्दैन ।
आलु – आलुलाई दोहोर्याएर तताएमा त्यसमा भएको सबै पोषक तत्व नास भएर जान्छ । यस्तो अवस्थामा तपाई आलु खाएर पेट त भर्नुहुन्छ, तर कुनै पोषक तत्व पाउनुहुन्न । यतिमात्रै होइन यसले तपाईको शरीरलाई पनि असर गर्छ ।
चामल(भात) – काँचो चामलमा किटाणु हुन्छन् र पाकेपछि ति सबै मरेर जान्छन् । तर, पाकेको चामल सेलाएपछि फेरि बढ्न थाल्छन् र फेरि तताएपनि मर्दैनन् । त्यसैले, भात पाकेपछि ताजै खानेगर्नुहोस् ।
पालुंगो साग – पालुंगोको सागलाई पनि दोहोर्याएर तताएमा यसमा भएको सबै पोषक तत्व नास भएर जान्छ । त्यसैले दोहोर्याएर तताएर नखानुहोस् ।
मासु – कुनै पनि प्रकारको मासुजन्य खानेकुरालाई तताएर खान हुँदैन । यसो गरेमा बिष बन्छ र तपाई बिरामी पर्न सक्नुहुन्छ ।
च्याउ – च्याउलाई कहिल्यै दोहोर्याएर तताएर खाने नगर्नुहोस् । यसो गर्नु तपाईको स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला

The post भुलेर पनि फेरि तताएर नखानुहोस् यी खानेकुरा, बिष सरह बन्छ ! appeared first on News Fetch.

No comments:

Post a Comment