राटनगर/ नातामा आफनै जेठाजु पर्नेबाट विराटनगर–८ का २१ वर्षीय एक महिला बलात्कारमा परेको भन्दै उनले न्यायको लागि अपिल गरेकी छिन् ।जेठाजु रामकुमार यादवबाट आफू बलात्कारमा परेको भन्दै प्रहरीले समेत जाहेरी दर्ता नगरेपछि न्यायको लागि भन्दै पत्रकार सम्मेलनमार्फत अपिल गरेकी हुन् ।
नेपाल प्रहरीमा कार्यरत यादवका श्रीमती माइत गएको मौका छोपी गत २८ जेठमा बलात्कृत भएको उनले बताइन् । साझ जेठाजुले बलात्कारगरेपछि परिवारका अन्य सदस्यले तीन दिन सम्म घरमा थुनेर राखेको ती महिलाको गुनासो छ ।
घटना भएको तीन दिन पछि
मामाको सहयोगमा घरबाट निस्किएकी युवतीले पटक पटक जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिदा समेत दर्ता नगराएको गुनासो गरेकी छन् । प्रहरीले जाहेरी नलिएपछि राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी गरेपनि अझै सुनवाई नभएको युवतीका मामा राजेश्वरले गुनासो गरे ।
श्रीमान दिपेश यादवले पनि छोडेर अर्कैसँग लागेको पीडित महिलाको मामाले बताए । सप्तरी माइत रहेको उनको विवाह २०७१ फागुन २९ गते भएको थियो । विवाह भएको केही दिनयतादेखि श्रीमान अर्कै महिलासँग लागेर आफूलाई हेला गर्ने गरेको उनको आरोप छ ।
घटना भएको तीन दिनपछि ३१ जेठमा जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दर्ता गराउन गराउन प्रहरीसमक्ष पुग्दा अहिलेसम्म दर्ता नभएको उनीहरूको भनाइ छ । जर्बजस्तरी करणी अन्तर्गत जाहेरी दर्ता गराउन प्रहरीसम्म पुग्दा अहिलेसम्म कुनै सुनवाइ हुन नसकेको उनीहरूले बताउँदै आएका छन् ।
प्रहरीले जाहेरी दर्ता नगरेपछि उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दर्ता गरेका छन् । उच्च अदालत प्रहरीलाई कारण देखाउ आदेश जारी गरेपनि परमादेश आदेश भइसकेको छैन ।
यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्ष प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले बयान अवस्थाको प्रमाण पुष्टि नभएको र उल्टै पीडित झन्पीडित हुने अवस्था सिर्जना हुने भएकाले सर्वोत्तम हितलाई ख्याल गर्दै जाहेरी दर्ता नगर्न सुझाव दिएको बताए ।

The post जेठाजु बाट बलात्कार २१ वर्षीय महिला appeared first on Daleema News.

No comments:
Post a Comment