मुम्बई। भारती सिंह भारतीय टिभी इण्डट्रिजकी पहिलो स्ट्याडअप कमेडिण्न हुन्। २०१६ मा फोब्र्सले टप १०० कमेडियन्सको लिस्ट जारी गरेको थियो। जसमा भारती ९८ औं स्थानमा रहन सफल भइकी थिइन्। तर, तपाइँलाई थाहा छ ? आज सबैलाई हसाउने भारती कुनै समय आफ्नो मोटोपनका कारण रातभर रुने गर्थिन्।
भारतीले भारतीय अनलाइन संचारमाध्यम दैनिक भास्कार डटकमसँग कुरा गर्दै आफ्नो जीवनका धेरै रोचक कुरा बताएकी छन्। ‘म मध्यम वर्गीय परिवारकी हुँ र हामी तीन भाइ बहिनीछौं,’ भारतीले भनिन्, ‘मेरी आमाको १७ वर्षको उमेरमा विवाह भएको थियो। र २३ वर्षको उमेरमा तीन सन्ताकी आमा बन्नु भएको थियो।’
उनले अगाडि भनिन्, ‘मैले मेरा बुवालाई दुई वर्षको उमेरमै गुमाएकी थिए। त्यसकारण बुवासँगका कुनै पनि याद मसँग छैनन्। आमाले अर्को विवाह गर्नुको साटो हाम्रा लागि संघर्ष गर्न थाल्नु भयो। मेरा बाल्यकाल गरिवीमा नै बित्यो। मेरा दाजु हाम्रालागि रातदिन खट्नु हुन्थ्यो। कहिले काँही हामी आधा पेटमात्र खाएर पनि बस्थ्यौं।’
भारतीले भनिन्, ‘म जन्मिदा मेरो तौल करिव पाँच केजी थियो। स्कुल पढ्ने समयमा मेरो मोटोपनाका कारण मलाई मोटी र हात्तीको बच्चा भनेर साथीहरुले बोलाउँथे। मेरो मोटोपनाका कारण म रातभर रुन्थे।’
कलेज पढ्दा अरु साथीले जिन्स र टप लगाउँदा मलाइ इष्र्या हुन्थ्यो। म बगैंचामा बसेर जिन्स र टप लगाउन साथीलाई हेर्थें। तर, म आफैंलाई भाग्यमानी ठान्छु, मेरो मोटोपना नै मेरालागि वरदान सावित भयो।’ डीसीनेपालबाट

The post मोटोपनाका कारण रातभर रुन्थिन भारती appeared first on News Fetch.
No comments:
Post a Comment