अचम्म लाग्ला विदयार्थीले बनाए यसरि उड्ने ड्रोन (भिडियोमा हेर्नुहोला ) - KTV Khabar

Breaking

अचम्म लाग्ला विदयार्थीले बनाए यसरि उड्ने ड्रोन (भिडियोमा हेर्नुहोला )

;

झापा । दमकस्थित दमक बहुमुखी क्याम्पस यति बेला बिद्यार्थीहरुका लागि आकषर्णको केन्द्र बनेको छ ।झापा सहित छिमेकी जिल्लाहरुबाट समेत दैनिक सयौ बिदयार्थी विज्ञान प्रदर्शनी अबलोकनकालागि आउने गरेका छन् । विज्ञान विषय लाई मुख्य आधार मानेर अध्ययन गरिरहेका विदयार्थीहरुलाई लक्षित गरि दमक बहुमुखी क्याम्पसले तेस्रो पटक विज्ञान प्रर्दशनीको आयोजना गरेको हो । विदयार्थीहरु भित्र भएको प्रतिभालाई प्रष्फुटन तथा विज्ञानका नविनतम कुराहरुलाई ब्यावहारिक रुपमा अधिक भन्दा अधिक ज्ञान दिने उदे्श्यले प्रर्दशनी शुरु भएको हो ।
प्रर्दशनिको मुख्य आर्कषण पूर्वाञ्चल विश्व विद्यालय स्कुल अफ ईन्जिनियरीङ् टेक्नोलोजी बिराटनगरका विद्यार्थी नविन दाहाल र दमक बहुमुखी क्याम्पसका विद्यार्थी महेश भट्टराईले निर्माण गरेको ड्रोन बनेको छ । मेडिका नाम दिइएको सो ड्रोन नेपालको भुगोलले सुहाउदो र आकस्मिक मानविय सेवाका लागि उपयोगि सिद्ध हुने बिदयार्थी मेहश भट्टराईले बताउनु भयो ।क्याम्पसको प्रर्बधन तथा प्रचार प्रसारका साथै विद्यार्थीहरुको क्षमताको विकाश गर्ने मुल अभिप्रायले प्रर्दशनी आयोजना गरिएको हो ।

The post अचम्म लाग्ला विदयार्थीले बनाए यसरि उड्ने ड्रोन (भिडियोमा हेर्नुहोला ) appeared first on News Fetch.

No comments:

Post a Comment