;

एजेन्सी । वैज्ञानिकहरूले नयाँ प्रविधि पत्ता लगाएर जसअनुसार तीन महिनामा जम्मा एकचोटि फोन चार्ज गरे पुग्छ ।प्रोसेसरलाई १०० गुना कम ऊर्जा उपयोग गर्ने अनुमति दिने एक नयाँ पदार्थ पत्ता लागेको हो । अमेरिकाका मिसिगन र कोर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको खोजबाट म्याग्नेटोइलेक्ट्रिक मल्टीफेरिक पदार्थ परमाणुका पातला पत्रको निर्माण गर्छ जसले चुम्बकीय ध्रुवीय फिल्म बनाउँछन् । यो सिद्धान्तको उपयोग बाइनरी कोड १ र ० मा गरिन्छ ।
हालको प्रोसेसर सेमीकन्डक्टर बेस्ड सिस्टम उपयोग गरेर बनाइन्छ जसलाई लगातार करेन्ट फ्लोको आवश्यकता पर्दछ । म्याग्नेटोइलेक्ट्रिक सिस्टमले प्रोसेसरलाई बिजुलीको कम पल्स आवश्यक हुन्छ जसका कारण कम ऊर्जाको उपयोग लामो समयसम्म गर्न सकिन्छ ।
विद्युतीय सामानले अहिलेको विश्वव्यापी ऊर्जाको ५ प्रतिशत भाग उपयोग गर्छन् । सन् २०३० सम्म यो उपभोग बढेर ४० देखि ५० प्रतिशत पुग्छ । यस्तोमा यो आधुनिक प्रविधि ऊर्जा उपभोगको क्षेत्रमा कोशेढुंगा नै साबित हुनेछ ।
The post आयो अचम्मको फोन एक पटक व्याट्रि चार्ज गरे तीन महिना ढुक्क (भिडियोमा हेर्नुहोला ) appeared first on News Fetch.
No comments:
Post a Comment