हल्लाको पछाडी नलाग्न आफ्ना सम्पूर्ण शुभचिन्तकहरूलाई प्रमिला राईको आग्रह - KTV Khabar

Breaking

हल्लाको पछाडी नलाग्न आफ्ना सम्पूर्ण शुभचिन्तकहरूलाई प्रमिला राईको आग्रह

;

 

जुलाई ३०, कुवेत । हेर्दा सोझी र भलाद्मी तर आफ्नो गायकीको जादुले धेरै नेपालीहरुको मन जित्दै नेपाल आईडलको टप ८ मा पर्न सफल प्रतियोगि प्रमिला राईले सामाजिक संजालहरुमा फैलिएको हल्लाको पछाडी नलाग्न आफ्ना सम्पूर्ण शुभचिन्तकहरूलाई आग्रह गरेकी छिन् । सामाजिक संजालहरुमा फैलिएको हल्लाहरू छन् त्यो हल्लाको पछाडि मेरो सम्पूर्ण शुभचिन्तकहरूलाई आग्रह गर्दछु उनले लेखेकी छिन् । उनले आजसाँझ आफ्नो लाईक पेज मार्फत यस्तो आग्रह गरेकी हुन् ।

उनले के कारण यस्तो आग्रह गरेकी हुन् भन्ने प्रष्ट नगरे पनि सामाजिक संजाल फेसबूकमा उनको नाममा जथाभावि नक्कली आईडीहरु बनाएर गलत प्रचार गरी भ्रम सृजना गरिएको कारण यस्तो भ्रममा नपर्न आफ्नो शुभचिन्तकहरुमा आग्रह गर्नु परेको हुनसक्ने अनुमान गरिएको छ । यस्ता कृयाकलाप पक्कै पनि उनलाई प्रतियोगिताबाट आउट गराउने षड्यन्त्र स्वरुप गरिएको यस पंतिकारको अनुमान रहेको छ ।
उनले आफ्नो आग्रहमा देश विदेशमा छरिएर रहनुभएको मेरो शुभचिन्तकहरुमा मेरो साईनो अनुसारको सेवा, सेवारो अनि नमस्ते भन्दै म एक कलाकारीताको क्षेत्र भित्र लागेको कलाकार भएको नाताले सबै जातजाति, भाषा, धर्म, संस्कृतिहरुलाई मैले समान रूपले लिनुपर्ने हुन्छ र लिएको पनि छु। अहिले जुन सामाजिक संजालहरुमा फैलिएको हल्लाहरू छन्, त्यो हल्लाको पछाडी मेरो सम्पूर्ण शुभचिन्तकहरूलाई नलाग्न आग्रह गर्दछु। भन्दै म सिर्फ़ एक किराती चेली हुँ र तपाईहरुकै माया साथ र सहयोगले नेपालकै ठूलो गायन रियालिटि सो नेपाल आईडलको ८ औं स्थान सम्म आईपुगेको छु। अझै पनि मलाई आशा छ यहाँहरुले धेरै माया अनि साथ दिनुहुनेछ भन्ने मलाई पुर्ण बिश्वास छ र म किराती चेली साथै नेपाली छोरी हुनुमा गर्व गर्दछु। भनेकी छिन् ।
हेर्नुस् उनको आग्रह जस्ताको त्यस्तै:

साभार :- परदेशी खबर

The post हल्लाको पछाडी नलाग्न आफ्ना सम्पूर्ण शुभचिन्तकहरूलाई प्रमिला राईको आग्रह appeared first on Daleema News.

No comments:

Post a Comment