;

यो भौतिकवादी संसारमा सबैजसो पुरुष सुन्दर स्त्रीसँग विवाह गर्न चाहन्छन् । आफ्नो अनुहार जतिसुकै बिग्रेको भएपनि श्रीमती भने सुन्दर नै चाहने धेरै पुरुष हुन्छन् ।
तर सबै सुन्दर महिला पनि सुन्दर नदेखिने पुरुषसँग विवाह गर्न चाहदैनन् । अर्थात् सबै पुरुषले सुन्दर महिलासँग विवाह गर्न पाउँदैनन् । यस्तोमा आफ्नी श्रीमती सुन्दर नदेख्ने पुरुषले के गर्ने त ? यसका लागि आचार्य चाणक्यले ५ ओटा तरिका बताएका छन्, जसलाई पालना गर्दा अनुहार ‘राम्रो’ नभए पनि तपाईलाई आफ्नी श्रीमती सुन्दर लाग्नेछिन् ।
आफ्नो अनुहार ऐनामा हेर्नुहोस्
चाणक्य भन्छन् कि, यदि तपाईलाई आफ्नी श्रमती सुन्दर लाग्दिनन् भने तपाईले विहानै उठेर ऐनमा हेर्ने गर्नुहोस् । यस्तो बानीले तपाईलाई आफ्नो कमजोरीका बारेमा महशुष हुने छ । यसले गर्दा तपाईलाई लाग्ने छ कि कुनै पनि व्यक्ति सर्वगुण सम्पन्न हुँदैन ।
आफ्नो पत्नीको व्यवहारबारे सोच्नुहोस्
हरेक पुरुषले आफ्नो पत्नीको राम्रो व्यवहार, मिठो बोली र आदर गर्ने बानीबारे सोच्नु जरुरी हुन्छ । श्रीमानले ‘तिमी, तँ’ भनेर बोलाउँदा पनि श्रीमतीहरुले श्रीमानलाई ‘तपाई, हजुर’ भनेर आदरभावमा बोलाउँछन् । यस्तो बानीबारे सोच्नाले पुरुषमा आफ्नी श्रीमतीप्रति प्रेम भाव बढाउने छ ।
त्यो महिलाबारे सोच्नुहोस्, जसले तपाईको अपमान गरेकी होउन्
तपाईको जीवनमा पक्कै पनि एक महिला त्यस्ती आएकी होउन्, जसले तपाईको अपमान गरेकी होउन् । ती महिला तपाईको साथी, गर्लफ्रेन्ड या अन्य कुनै नाताले पनि तपाईसँग जोडिन पुगेकी हुन सक्छिन् । जसबाट तपाईले एकदमै अपमान सहनु परेको होला । तपाई ती महिलाले गरेको अपमानलाई सम्झिरहनुहोस्, जसले गर्दा तपाईको मनमा पत्नीप्रति प्रेम उत्पन्न भइरहनेछ ।
जीवनका कठिन समयको याद गर्नुहोस्
चाणक्य भन्छन् कि जब पनि तपाईलाई आफ्नी श्रीमती सुन्दर नभएको भन्ने लाग्छ, यस्तोमा तपाई आफ्नो जीवनको कठिन समय सम्झिने गर्नुहोस् । जसमा तपाईकी पत्नीले तपाईलाई साथ दिएकी होउन् ।
आफूले गरेका गल्ती पनि याद गर्नुहोस्
हरेक पुरुषको स्वभाव चन्चले हुन्छ । जीवनको कुनै एक समयमा उनीहरु केही नराम्रो काम (गल्ती) गर्न पुग्छन् । विवाह पछि गरेका गल्तीमा कतिपय अवस्थामा तपाईकी श्रीमतीले तपाईलाई माफ गरेकी हुन्छिन् । यसलाई तपाईले विशेष रुपमा सम्झिनुहोस् र सोच्नुहोस् कि तपाईकी श्रीमतीको हृदय कति ठूलो छ ! तपाईले गल्ती गर्दा पनि उनले माफ गरेकी छन् । तपाईलाई पक्कै पनि लाग्ने छ, अनुहारले सुन्दर नभए पनि तपाईकी श्रीमतीको हृदय असाध्यै सुन्दर छ ।
लोकान्तरबाट

The post तपाईलाई आफ्नी श्रीमती सुन्दर लाग्दिनन् ? यी पाँच उपाय अपनाउनुहोस् appeared first on Daleema News.

No comments:
Post a Comment