पागलले किंग कोब्राको माला लगाएर नाच्दै मन्दिर दर्शन गर्न हिँडेपछि… - KTV Khabar

Breaking

पागलले किंग कोब्राको माला लगाएर नाच्दै मन्दिर दर्शन गर्न हिँडेपछि…

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

एजेन्सी। अघिअघि किंग कोब्राको माला लगाएका एक मानसिक सन्तुलन गुमाएका व्यक्ति उनको पछिपछि गाउँलेहरुको भीड । भीडले ती मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई पटक पटक कोब्रालाई छोडिदिन आग्रह गरे तर उनले टेरेनन् । उनको दिमागमा कोब्रालाई मन्दिर दर्शन गराउने धुन सवार थियो ।

भारतमा एक मानसिक सन्तुलन गुमाएका व्यक्तिले किंग कोब्रालाई मन्दिर दर्शन गराउन भन्दै कोब्राको माला लगाएर हिँडेपछि हंगामा भएको हो । भारतको जोधपुरका रामाराम रोगीले किंग कोब्रा समातेपछि त्यसको माला लगाएर मन्दिर दर्शन गराउन भन्दै हिँडेका हुन् । उनले कोब्रा बोकेर गाउँका मन्दिरहरु पालैपालो घुमेका थिए । उनले कोब्रा समातेर नाच्दै हिँडेपछि गाउँले हरु भने त्रसित बनेका थिए ।

गाउँलेहरुले उनलाई कोब्रालाई छोडिदिन आग्रह गरेपनि उनले मानेनन् र एकपछि अर्को गर्दै गाउँका सबै मन्दिरको चक्कर लगाउन थाले । अघिअघि कोब्राको माला लगाएर रामाराम हिँडेका थिए भने उनको पछिपछि गाउँलेको भीड लागेको थियो । कोब्रा लिएर उनी गाउँको बीचमा पुगेपछि केही समय डान्स पनि गरे । पछि गाउँलेहरुले उनलाई कोब्रालाई छोडिदिन राजी गराएपछि करिब साढे २ घण्टामा कोब्राले मुक्ति पाएको छ ।

डीसी नेपालबाट

The post पागलले किंग कोब्राको माला लगाएर नाच्दै मन्दिर दर्शन गर्न हिँडेपछि… appeared first on Daleema News.

No comments:

Post a Comment