सडक अवरुद्ध हुँदा बाटोमा नै सुत्केरीको मृत्यु - KTV Khabar

Breaking

सडक अवरुद्ध हुँदा बाटोमा नै सुत्केरीको मृत्यु

;

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकामा समयमा नै स्वास्थ्य संस्था पुर्याउन नसक्दा सुत्केरीको ज्यान गएको छ । समयमा नै स्वास्थ्य संस्था पुर्याउन नसक्दा नौकुण्ड-६ सस्युङका ३४ वर्षकी फूलमाया घिसिङको बाटोम नै ज्यान गएको हो ।
मंगलबार राति घरमा नै बच्चा जन्माएकी घिसिङको साल नखस्दा बुधबार बिहान ज्यान गएको छिमेकी शैलेस लोप्चनले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकी घरबाट टाढा र सडकमा गएको पहिरोले सुत्केरी गराउन स्वास्थ्य चौकी लैजान नसकिएको लोप्चनको भनाई छ । बच्चाको अबस्था सामान्य रहेको छ ।

The post सडक अवरुद्ध हुँदा बाटोमा नै सुत्केरीको मृत्यु appeared first on News Fetch.

No comments:

Post a Comment