;
संखुवासभा, साउन ४ – खोलामा डुबेर संखुवासभामा दुई जना मजदुरको ज्यान गएको छ । मकालु गाउँपालिका-५ मा पर्ने खोक्ताङखोलामा डुबेर भोजपुर पौवादुङ गाउँपालिका-१ का श्रीकृष्ण राई र सन्तोष राईको मंगलबार बेलुका ज्यान गएको प्रहरीले जनाएको छ ।
डिएसपी सन्तोष खड्काका अनुसार रौता-एपेक्स जेभी कम्पनीमा कार्यरत उनीहरुको पुल नापजाँच गर्ने क्रममा खोलामा डुबेर ज्यान गएको हो ।
श्रीकृष्ण खोलामा डुबेपछि उनलाई बचाउने क्रममा सन्तोष पनि डुबेका थिए । उनीहरुको खाँदबारी अस्पतालमा बुधबार पोष्टमार्टम गरेर शव आफन्तलाई बुझाइएको छ ।

The post साथी खोलामा डुबेपछि बचाउन गएका साथीको पनि मृत्यु appeared first on News Fetch.
No comments:
Post a Comment