कालिगण्डकीमा हामफालेकी महिलालाई यूवाले जिवित्तै उद्धार गरे - KTV Khabar

Breaking

कालिगण्डकीमा हामफालेकी महिलालाई यूवाले जिवित्तै उद्धार गरे

;

एभरग्रिन यूवा क्लवमा आवद्ध रहेका यूवाहरू मंगलबार देखी सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा आयोजना हुन लागेको तेस्रो ‘सेभेन ए साईड’कपको तयारीमा ब्यस्त थिए । केही यूवा खुल्लामञ्चमा सरसफाई गदै थिए, कोही मैदानमा आवश्यक पर्ने बालुवा लिन कालिगण्डकी नदीमा पुगेका थिए ।

प्रतियोगिताको तयारीमा जुटेका यूवाहरूले समुह विभाजन गरेर काम गरिरहेका थिए । विहान करिव साढे ९ बजे किसान कार्की, पुरन शाही, पृथिवी बानियाँ, भरत सिर्पाली, भुवन घर्तीमगर लगाएतले मैदानका लागि बालुवा लिन कालिगण्डकी नदीमा पुगेका थिए ।
यूवाहरूले बालुवा सङ्कलन गरिरहेको अवस्थामा अन्दाजी ४२ बर्षकी महिला कालिगण्डकीको नदीमा प्रवेश गरेपछि सबै काम छोडेर तत्कालै यूवाहरू नदीका पुगे । दाउरा खोजेजस्तै गरेर नदीमा प्रवेश गरेकी महिलाले आत्महत्या गर्न खोजेका थाहा पाएपछि यूवाले उद्धार गर्न खोज्दा महिलाले प्रतिकारको प्रयास गरेपनि उद्धार गरेर बाहिर ल्याएको पृथिवी बानियाँले बताए ।

‘एकछिन ढिलो गएको भए बगाउने थियो, साथीहरूले ज्यान जोखिममा पारेर उद्धार गरे’ बानियाँले बेनीअनलाइनलाई भने । उनले मानसीक रोगी जस्तै देखिने महिलाले आफुँ मर्न चाहेको बताउँदै जवरजस्ती बाहिर नलैजान यूवालाई अनुरोध गरेको समेत बानियाँले बताए । धरान घर बताउने महिलालाई नदीबाट बाहिर निकालेपछि प्रहरीलाई बोलाएर जिम्मा लगाएको क्लवका अध्यक्ष ललित पुर्जाले बताए ।
‘आफ्नो ज्यान जोखिममा पारेर उद्धारमा खटिएका साथीहरुलाई धन्यवाद ।खेलकुद संगै मानवीय कार्यमा समेत निरन्तर सक्रियता देखाउनेछौ’ पुर्जाले भने ।उनले क्लवले धार्मिकस्थल गलेश्वर मन्दिरको सरसफाई,एक सदस्य एक रुपैयाँ, बृद्धबृद्धालाई भोजन लगाएतका सामाजिक कार्यलाई समेत निरन्तरता दिने बताए ।

यूवाहरुको प्रयासमा उद्धार गरिएकी महिलालाई प्रहरी कार्यालयमा राखिएको छ ।नदीमै महिलालाई लिन पुगेका प्रहरीले यूवालाई साहसीक कामका लाई धन्यवाद दिएका थिए ।मानसिक रोगी जस्तै देखिने महिलाले पटकपटक आफ्नो नाम र ठेगाना परिवर्तन गर्ने गरेको प्रहरीले जनाएको छ । (कर्णाली न्यूजबाट)

The post कालिगण्डकीमा हामफालेकी महिलालाई यूवाले जिवित्तै उद्धार गरे appeared first on Daleema News.

No comments:

Post a Comment