अनुहार र घाँटीको चाउरी हटाउने घरेलु विधि ? - KTV Khabar

Breaking

अनुहार र घाँटीको चाउरी हटाउने घरेलु विधि ?

;

अनुहार र घाँटीमा चाउरी पर्दै जान थालेपछि बुढ्यौलीले छोप्यो भन्ने चिन्ता धेरैलाई हुने गर्छ । चाउरी घटाएर बुढ्यौलीलाई पर धकेल्ने केही घरेलु उपाय यस्ता छन्, जसलाई दिनहुँ प्रयोगमा ल्याउन सकिन्छः

मेवा पाकेको मेवाको पेस्ट बनाएर अनुहार र घाँटीमा लगाउने र १५ मिनेटपछि धुने ।

काँक्रो काँक्रोको पेस्ट बनाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने ।

भुइँकटहर पाकेको भुइँकटहरको पेस्ट बनाइ अनुहारमा लगाउने र १० मिनेटपछि धुने ।

दूध पाउडर र मह एक कप मनतातो पानीमा चार चम्चा दूध पाउडर र दुई चम्चा मह मिसाई अनुहारमा लगाउने र सुकेपछि पखाल्ने ।

कागती र मह कागतीको रस र महको पेस्ट बनाई अनुहारको मसाज गर्ने र १० मिनेटपछि धुने । यसो गर्दा अनुहारको चाउरी हराउँदै जान्छ ।

जैतुनको तेल जैतुनको तेलले पाँचदेखि १० मिनेटसम्म बिस्तारै अनुहारको मसाज गर्ने र त्यसपछि अनुहार धुँदा पनि चाउरी कम हुँदै जान्छ ।

नरिवल तेल दुई चम्चा नरिवलको तेललाई मनतातो बनाएर अनुहार मसाज गर्ने गर्नाले पनि चाउरी कम हुन्छ ।
केरा पाकेको केराको पेस्ट बनाइ अनुहारमा लगाउने र ३० मिनेटपछि धुने ।

गोलभेँडा पाकेको गोलभेँडाको पेस्ट बनाई अनुहारमा दलेर १० मिनेटपछि पखाल्ने । यसले पनि चाउरी कम गर्न मद्दत गर्छ ।

-स्वास्थ्य खबरपत्रिका

The post अनुहार र घाँटीको चाउरी हटाउने घरेलु विधि ? appeared first on Daleema News.

No comments:

Post a Comment