श्रीमानसँग हिँडेकी महिलाको बाटोमा अर्कैसँग ‘लभ’ परेपछि… - KTV Khabar

Breaking

श्रीमानसँग हिँडेकी महिलाको बाटोमा अर्कैसँग ‘लभ’ परेपछि…

;

काठमाडौं। घरबाट श्रीमानसँग हिँडेकी महिलाको बाटोमा अर्कैसँग लभ परेपछि घटनाले नाटकीय रुप लिएको छ । घरबाट श्रीमानसँगै हिँडेकी ती महिलाको यात्राकै बीचमा अर्कै व्यक्तिसँग माया बस्यो । अहिले उनी ती श्रीमान् र दुई छोराछोरीलाई छोडेर प्रेमीसँग जाने अडानमा छिन् ।
भारतको मध्य प्रदेशमा यस्तो घटना भएको हो । ती महिला केही समयअघि आफ्ना श्रीमान्सँग ट्रेनमा दिल्ली गएकी थिइन् । ट्रेनमै उनको एक व्यक्तिसँग चिनजान भयो । अहिले त्यही चिनजान प्रेममा बदलिएपछि ती महिला आफ्ना श्रीमान् र छोराछोरी छोडेर जाने अडानमा पुगेकी हुन् । उनले श्रीमान्सँग सम्बन्धविच्छेदको माग गर्दै पुलिस परिवार परामर्श केन्द्रमा निवेदन दिएकी छिन् ।
२३ वर्षकी अर्चना कुशवाहले ७ वर्षअघि तेजसिंह कुशवाहसँग प्रेम विवाह गरेकी थिइन् । उनका श्रीमान् तेजसिंह फ्याक्ट्रीमा मजदुरी गर्छन् । महिलाले आफूले मोवाइलमा अरुसँग कुरा गर्दा आफ्ना श्रीमान्ले शंका गर्ने र यसका कारण घरमा झगडा भइराख्ने बताइन् । झगडाका कारण आफू माइती जाने र पतिले पछि आमाबाबुलाई फकाएर आफूलाई घर ल्याउने ती महिलाले बताएकी छिन् ।
ती महिलाका अनुसार ट्रेनमा दिल्ली जाँदा भेट भएका युवकसँग उनको अहिले पनि दैनिकजस्तो फोनमा कुरा हुन्छ । यो कुरा श्रीमान् तेजसिंहलाई मन नपरेपछि उनले यसको विरोध गरे । तेजसिंहको विरोध मन नपरेपछि पत्नी अर्चनाले अहिले तेजसिंहसँग सम्बन्धविच्छेद गर्ने अडान लिएर बसेकी छिन् । काउन्सिलरले उनलाई सम्झाउन निकै प्रयत्न गरे पनि उनले सम्बन्धविच्छेदको अडान नछोडेको बताइएको छ ।

The post श्रीमानसँग हिँडेकी महिलाको बाटोमा अर्कैसँग ‘लभ’ परेपछि… appeared first on News Fetch.

No comments:

Post a Comment