तपाईं एउटा विदेशी कामदार भएकाले त्यहाँको नियम अनुसार तपाईंले कुनै पनि राजनीतिक गतिविधी र ट्रेड युनियन्हरुमा आवद्द हुन पाउनुहुन्न। यस्तो काम गरेमा कम्पनीले तपाईंलाई तुरुन्तै नेपाल फर्काइदिन्छ। तपाईलाई जेलमा पनि हाल्न सक्छ।
तपाईं कतारको लागि विदेशी पुरुष कामदार भएकोले कतारी महिलासँग विहे गर्न पाइन्दैन। यदि तपाईंले त्यहाँका महिलाहरुसँग विवाह गर्नु भयो भने तपाईंलाई तुरुन्तै घर पठाइदिन्छ अथवा तपाईं जेलमा पनि पर्न सक्नुहुन्छ।
.
तपाईं विदेशी कामदार हुनु भएकोले यदि त्यँहाको कानूनी नियम पालन नगरेमा वा आर्थिक हिनामिना गरेको प्रमाणित भएमा तपाई ईस्लामिक कानूनको भागीदार बन्नुपर्ने र आफ्नै खर्चमा स्वदेश फिर्ता हुनु पर्छ ।
अरेबियन मुलुकमा खजुरको रूखलाई धार्मिक मान्यता दिइएको हुन्छ, त्यसकारण खजुरको पातलाई चुँडाल्ने वा अन्य रूपमा त्यस्तो रूखलाई क्षती पुर्याउने कार्य गर्नु हुंदैन।
विदेशी कामदारले धर्मिक क्षेत्रमा हस्तक्षेप गर्नु हुँदैन र हातहतियार तथा लागूपदार्थ सम्बन्धी काममा संलग्न हुनु हुँदैन र लागूपदार्थको कारोबार गर्ने व्यक्तिलाई मृत्युदण्डको सजाँय हुन्छ।
तपाईं मुस्लिम नभएमा मस्जिद तथा प्रार्थना गर्ने अन्य स्थानमा प्रवेश गर्नु हुँदैन र कुनै पनि विदेशी कामदारले अरेबियन बासिन्दाको पहिरनको बारेमा टिका-टिप्पणी गर्नु हुँदैन।
कुनै पनि व्यक्तिलाई एकोहोरो हेरिरहनु हुँदैन।
मुस्लिमहरु १ महिनासम्म व्रत बस्ने रमजान पर्वमा सार्वजनिक स्थलमा खानपिन गर्नु हुँदैन र सामान्य समयमा पनि रक्सी तथा सुंगुरको मासुको प्रयोग गर्नु हुँदैन। रक्सिको बदलामा अरु कुनै मात लाग्ने पदार्थको प्रयोग गर्नु हुँदैन किनकि यसले तपाईंको स्वास्थ्यलाई हानि पुर्याउन सक्छ।
मुस्लिमहरुले प्रार्थना गर्ने समयमा उनीहरुसँग भेटघाट गर्ने, उनीहरुले प्रार्थना गर्ने गुन्द्रि वा दरीमा टेक्ने र अगाडिबाट हिंडडुल गर्ने कार्य गर्नु हुंदैन। यसको साथै त्यहाँका मुस्लिमहरुलाई कुनै पनि देवी-देवताको मूर्ती उपहारको रूपमा दिनु हुँदैन। उनीहरूको अगाडी थुक्ने काम गर्नु हुँदैन ।
कहिले पनि अँग प्रदशन गर्ने प्रकारको लुगा लगाउनु हुँदैन। यस कुरामा विशेष ध्यान दिन नबिर्सनुहोस्।
श्रोत: यात्रामा चनाखो – काममा चुस्त⁄कतारमा काम गर्ने आप्रवासी नेपाली कामदारहरूका लागि सहयोगी पुस्तिका, सुरक्षित आप्रवासनको प्रवर्द्दन र आप्रवासी कामदारहरुको सुरक्षा अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालय, अन्तर्राष्ट्रिय श्रम संगठन २०१५

The post कतार,साउदी लगायत का खाडी मुलुक मा नेपाली कामदार ले यी काम भुलेर नि नगर्नुहोस नत्र प्रहरी खोर मा पर्नुहुनेछ appeared first on News Fetch.
No comments:
Post a Comment