क्यान्सरको समस्याबाट पीडित सृजना तामाङ
काठमाडौँ । आर्थिक अभावका कारण घाटीमा क्यान्सरको समस्याबाट पीडित सृजना तामाङको उपचारमा समस्या भएको छ।
केही समयअघि मानसिक सन्तुलन गुमाएकी तामाङ आर्थिक अभावकै कारण उपचार हुन नसक्दा सडकसम्म पुगेकी थिइन्। नेपाल स्नेही काख नामक एक सहयोगी संस्थाले उनको उद्धार र उपचार गरेको थियो। उपचारपछि मानसिन सन्तुलन ठिक भएकी तामाङ फेरि घाँटीको क्यान्सरबाट पीडित भएकी हुन्।
धादिङ स्थायी घर भएकी तामाङ र उनका एक छोरा अहिले स्नेही काखकै संरक्षणमा रहदै आएका छन्। संस्थाकै सहयोगमा वीर अस्पतालमा उपचार गराइरहेकी तामाङको तत्कालै उपचार गर्न चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावका कारण समस्या भएको संस्थाकी संस्थापक श्रीनेहा पोखरेले डिसी नेपाललाई जानकारी दिइन्।
घाँटीको क्यान्सर भएकाले तत्काल सल्यक्रिया नगरे ज्यानै जान सक्ने डाक्टरले सल्लाह दिएपनि आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले इच्छुक व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेर उनको ज्यान बचाइदिन श्रीनेहाले सबैलाई अपिल गरेकी छिन्।
सहयोग गर्न चाहने व्यक्तिले सिद्धार्थ बैँक, बानेश्वरको खाता ०१५००१५८६ वा सिधै संस्थाको कार्यलय अथवा फोन नम्बर ९८०३८०९७२१ मा सम्पर्क गर्न सक्नेु हुने छ। डीसी नेपालको सहयोगमा
The post क्यान्सर पीडित सृजनाको ज्यान बचाइदिन सहयोगको अपिल appeared first on News Fetch.
No comments:
Post a Comment