एजेन्सी। ब्राजिलकी एक युवतीलाई किम कार्दाशिनजस्तै बन्ने भूत चढेपछि करोडौं पैसा पानीझैं बगाएकी छिन् । उनी किम सँग यतिसम्म प्रभावित थिइन् र किमजस्दै देखिनको लागि झण्डै साढे ६ करोड रुपैयाँ खर्च गरेर सर्जरी गराइन् । उनले किमजस्तो देखिनको लागि कैयौं पटक सर्जरी गराएकी छिन् ।
साउ पाउलोकी जेनिफर भन्छिन् ‘मेरो एउटै लक्ष्य हो किम कार्दाशिनजस्तो बडी पाउनु । यसको लागि जति पटक सर्जरी गर्न परे पनि म तयार छु ।’ उनले सर्जरीकै लागि साढे ६ करोड खर्च गरिसकिन् । सर्जरीअघि डाक्टरले कुनै दुर्घटना हुन सक्ने बताएका थिए । तर उनको दिमागमा यतिसम्म भूत सवार थियो कि उनले मर्नुपरे पनि पछि नहट्ने दृढता जनाइन् । उनी अहिले २४ वर्षकी भइन् । उनले १७ वर्षको उमेरदेखि निरन्तर आफ्नो शरीरको सर्जरी गराउँदै आएकी छिन् ।
-डिसी नेपाल

The post किम कार्दाशिन बन्ने भूत चढेपछि बगाइन् पानीझैं पैसा appeared first on Daleema News.

No comments:
Post a Comment